कतार नेपाली एकता समाजको नयाँ नेतृत्वमा वाइवा

0
384

रेशम रोका मगर /दोहा कतार

२१ अगस्तमा कतार नेपाली एकता समाजको एतिहासिक ५औ राष्ट्रिय सम्मेलन भब्यताको उदघाटनसत्र सम्पन्न गरे पछि २२ अगस्तका दिन बन्दसत्र दोहाको प्रतिष्ठित हलमा सम्पन्न गरेको छ । समाजका पुर्ब उपाध्यक्ष दाबा लामा, थम्मन बुढा र रेशम रोक मगर रहेको तीन सदस्यीय अध्यक्ष मन्डलले बन्दशत्र कार्यक्रम अगाडि बढाएको थियो ।

बन्दशत्रको कार्यक्रम राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उप–प्रधानमन्त्री चित्रबहादुर केसी प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बन्दसत्रको हललाई प्रशिक्षण दिंदै अध्यक्ष केसीले देशको परिवेश भयावह भएको र यस्तो स्थितिमा देशलाई बचाउन राष्ट्रिय जनमोर्चा बाहेक अरु बिकल्प नरहेको स्पष्ट पार्नु भयो ।

केसीले नेपालमा पुर्ब एमाले र माओबादी पार्टी एक भएर नेकपाको नाम राखे पनि उनीहरु कम्युनिष्ट नभएको र जनता झुक्याएर स्याल्हुइया रजाइ गरेको र उनीहरुको यस्ता गतिविधिले झन् झन् देशको अर्थतन्त्र ह्रास आउने बताउनु भयो ।

हलबाट उठाइएका प्रश्न उत्तरको जबाफ दिदै पार्टी एकताको हल्ला निराधार रहेको र कार्यगत एकता हुन सक्ने बताउनु भयो । सोही कार्यक्रम मै अर्को प्रश्न जनमोर्चाको मुद्दा राष्ट्रिय हुन्छन् तर जनताले किन बुझ्दैनन भन्ने सबालमा बोल्दै “हामी नीति नियमन छौं, हाम्रो कुरा जनताले बुझ्नुहुन्छ केही तत्वले बाधक बनाएको हुदा समस्या भएको हो त्यसलाई चिरफार एक दिन जनताले बुझ्ने छन् ।”

अध्यक्ष लुमाकान्त पुनले सांगठानिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिबेदनमा उठेका समसामयिक प्रश्नको जबाफ दिदै कमिकम्जोरीलाई औलाइदिनु भएकोमा प्रतिनिधिहरुलाई धन्यवाद दिदै आगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धता पुनले गर्नु भयो ।

प्रतिबेदनलाई हलले सौहार्दताका साथ पारित गरेलगत्तै घोषणापत्र र बिधान संसोधन प्रस्ताव महासचिव खिम बुढाले प्रस्तुत गर्नु भएको थियो । व्यापक छलफल पछि हलबाट आएको जिज्ञासाको जबाफ दिदै केही थपघट गर्ने गरि हलले सर्बसम्मतीले पास गरेको थियो ।

संगठनको मेरुदण्ड रहेको आर्थिक प्रतिबेदन कोषध्यक्ष धन बहादुर परियारले प्रस्तुत गर्नु भएको थियो । छलफलका दौरानमा उठाइएका प्रश्नहरुको जबाफ दिए पछि हलले पास गरेको थियो ।

सम्मेलनले हेमन्त वाइबाको अध्यक्षतामा १५ पुर्ण, ६ बैकल्पिक र ७ सल्लाहकार रहेको समिति कतार नेपाली एकता समाज केन्द्रीय समिति निर्माण भएको छ । जस्माः प्रथम उपाध्यक्ष– धन बहादुर परिवार, द्वितीय उपाध्यक्ष– अमिना खान, महासचिव– खिम बुढा, सचिव– बिष्णु थापा र कोषध्यक्ष रामइन्दल थिङ चयन हुनुभएको छ । सदस्यहरुमा क्रमशः लुमाकान्त पुन, टुकनाथ शर्मा, लक्ष्मण कोइराला, जानुका बस्नेत, टुकबहादुर थापा, राम प्रसाद पराजुली, बलदेब राना, कमल आचार्य, शुर्य सुबेदी, बैकल्पिक सदस्यमाः हरि प्रसाद शर्मा, थम्मन थापा, खगेश्वर भुसाल, मिनराज पुन, गेजमान बिक र गिरी काउछा रहनुभएको छ ।

त्यस्तै सम्मेलनले हेम बहादुर बस्नेत, इस्वरी थापा, अमर बिक, सत्य बहादुर पुन, हेम बहादुर थापा, हुमाकान्त आचार्य र उद्धब मगरलाई सल्लाहकार चयन गरिएको छ । सम्मेलनले २७ जनालाई राष्ट्रिय परिषद समेत चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष वाइबाले संगठनको हरेक काममा खटेर प्रबासम रहेको मजजुरहरुको हकहितका लागि अनुशाशित रुपमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

प्रमुख अथिती जनमोर्चाका अध्यक्ष केसीले नयाँ निर्वाचित समितिको सफल कार्यकालको शुभकामना दिनु भएको थियो । अध्यक्ष मण्डलका अध्यक्ष दाबा लामाले कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रेशम रोका मगरले गर्नुभएको थियो ।

राजनीतिक पार्टीहरुले सत्ताको दूरुपयोग गर्नुले नै नेपाली जनताको अवस्था भयावह बन्दै गएको छ : केसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here