फेसबुक–ट्विटरबाट जारी विज्ञापनमा पनि कर !

0
233

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउने तयारी गरेको छ ।

फेसबुक र ट्वीटरसहितका सामाजिक सञ्जालबाट विज्ञापनका नाममा आर्थिक कारोबार भइरहेको निचोड निकाल्दै संसदीय समितिले नै कर लगाउन सरकारलाई निर्देशन दिएको हो ।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले सामाजिक सञ्जालमार्फत् विज्ञापन गरिँदा करोडौँको कारोबार भइरहेको जनाउँदै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिको बैठकले निर्णय गरेर सरकारलाई निर्देशन दिएपछि अब सामाजिक सञ्जालमा हुने विज्ञापन पनि करको दायरामा आउने छन् ।

‘फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जालमा विज्ञापन गर्दा ठुलो रकम बाहिरिने गरेको तथ्यलाई मनन गर्दै यसलाई करको दायरामा ल्याउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णयमा भनिएको छ।
सरकारले यसअघि नै सामाजिक सञ्जालमा हुने विज्ञापनललाई करको दायरामा ल्याउने तयारी गरेको थियो । संसदीय समितिले पनि लिखित निर्देशन दिएपछि अब निकट भविष्यमै यस्ता विज्ञापन करको दायरामा आउनेछन् ।
अन्नपूर्णबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here