राजमो बानपाको संयुक्त प्रशिक्षण भेला सम्पन्न

0
130

भदौ २, बाग्लुङ । राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिकाको वडा नं. १, २, ३ र ४ को संयुक्त प्रशिक्षण भेला बागलुङ बजारमा सम्पन्न भएको छ ।

प्रशिक्षण भेलामा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमोर्चा बागलुङका सचिव धर्म बहादुर कुवँर, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य तथा बा.न.पा. वडा नं. –३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटा र धौलागिरी बहुमुखी क्याम्पस उपप्राध्यापक भक्ति न्यौपानेले समसामयिक बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण भेला थानेश्वर सुवेदीको अध्यक्षता र सदस्यटेक बहादुर रोका क्षेत्रीको सञ्चालनमा सम्पन्नभएको थियो ।

भेलाले विष्णु अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ । जसको उपाध्यक्ष इन्द्र खत्री, सचिव भिम शर्मा, सहसचिव सविनश्रीस, कोषाध्यक्ष रीताखत्री सदस्यहरुमा बिमला आर्चाय, सुभाष शर्मा, पदम रायमाझी, जिवननाथ सुवेदी, टंक राना र एक स्थान रिक्त रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here