चंडिगढ, ३ जनवरी । चन्द्रलाल जैसी उर्फ अजय जैसी कञ्चनपुर जिल्ला महाकाली नगरपालिका ६ दोधारा शान्तिटोल स्थायी घर भई हाल चंडिगढस्थित ५४ किसनगढ गावमा विगत १०/१२ वर्षदेखि वस्दै आएका थिए । उनी विवाह समारोहमा वेटर तथा क्याप्टेनको काम गर्दै आइरहेका थिए । धनिराम जैसीका छोरा ३८ वर्षीय निज चन्द्रलाल जैसी ३ जनवरीको रात करिब १०:३० बजे मृत फेला परेका छन् ।
प्राप्त समाचार अनुसार उनी रात करिव ९:३० मा साथीहरुसँगै खाई सुतेको उनका रुम पार्टनरहरु बताएका छन् । पर्सा ठोरी १ रोजीनगर निवासी संदिप भट्टराई, निशान्त गुरुङ र सुर्खेत भेरीगंगा नपा १३ रामगढका धिरेन्द्र शाही उनका रुम पाटनर हुन् । उनीहरुले बताए अनुसार १०:३० मा अजयको फोन वज्दा फोन नउठेपछि धिरेन्द्रले अजयलाई उठाउँदा उनी नवोलेको धिरेन्द्रले बताए । उठेर अजयलाई छाम्दा मृत जस्तो लागेको र चिच्याएर रुमका अन्य साथीहरुलाई उठाएको उनले बताए । छिमेकीहरु समक्ष गुहार लगाएर वोलाए अनि अजयका भाई पर्ने करण सिंह वस्नेतलाई जिरकपुरबाट वोलाएको अन्य प्रत्यक्ष दर्शिहरुले बताएका छन् ।
त्यस पछि तत्काल १०० नम्वरमा पुलीसलाई फोन गरि वोलाएर हस्पिटल पुराएको उनका भाई करण सिंहले बताएका छन् । हस्पिटलमा पुर्याई डाक्टरहरुले चेक जाँच गर्दा अजयलाई मृतभएको बताएका थिए । ‘हस्पिटलले मृत घोषणा पश्चात शव पुलीसले कबजामा लियो’ करण सिंहले थपे ।
मृतकका सानिआमाको छोरा र भान्जा समेतलाई समेत पुलीसद्वारा शव हस्तान्तरण गर्न नमानेको जानकारी मूल प्रवाह चण्डगढमा प्राप्त भएको थियो । मूल प्रवाहका क्षेत्रीय सदस्य लक्ष्मण खनाल र हाम्रा संवाददाता खिमराज चालिसे समेतको प्रतिनिधी मण्डल थाना आईटि पार्क चंडिगढ पुगेको थियो । आईटि पार्क पुगि थाना प्रमुख र प्रतिनिधि मण्डलको छलफल पश्चात सानिआमाको छोरा र भान्जा शव हस्तान्तरण गरेको थियो । आवश्यक कागजपत्र तैयार गरि शवको पोष्टमार्टम पछी अजयको, शव लिएर करण सिंह वस्नेत, सदिप भट्टराई र निशान्त गुरुङ स्वदेश प्रस्थान गरेको चालिसेले हामीलाई जानकारी दिनुभएको छ ।