काठेखोला गाँउपालिकामा (छैठौं)को प्रथम भेला सम्पन्न

0
338

भाद्र २, बाग्लुङ । अ.ने.रा.स्व.वि.यु.(छैठौं) काठेखोला गाँउपालिकाको प्रथम भेला सम्पन्न भएको छ । युनियनका केन्द्रीय महासचिव भिमलाल पोखरेलको प्रमुख आतित्थ्यतामा धारा मा.बि. तंग्राममा एक समारोहका बिच सम्पन्न भएको हो ।

प्रथम भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि महासचिव भिमलाल पोखरेलले– “मुलुक नयाँ संरचनामा बदलिए पनि देशमा शिक्षा प्रणाली एकातिर महङ्गो र अर्काेतिर बेरोजगार जनशक्ति उत्पादन गर्ने खालकै भएकोले यसमा परिवर्तन अपरिहार्य छ ।” पोखरेलले अगाडि भन्नु भयो– “निजीकरणले शैक्षिक क्षेत्र पनि ध्वस्त बनाइरहेकोले यसका बिरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक छ । शिक्षा र स्वास्थ्यको दायित्वबाट राज्य पछाडी हटन मिल्दैैन ।”

कर बृद्धि, मुल्य बृद्धि, महङ्गी र भ्रष्टचार जस्ता संघीय व्यवस्थाको उपहार जनताले पाइसकेकाले संघीयता खारेजीको जनताको आन्दोलनमा लाग्न पोखरेलले आब्हान गर्नु भयो ।
अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापा, राष्ट्रिय जनमोर्चा काठेखोला गाँउपालिका समितिका कोषाध्यक्ष तथा वडा न. ४ तंग्रामका अध्यक्ष विष्णु कडेल, जातीय समता समाज बागलुङका सदस्य भिम वि.क., अखिल नेपाल युवक संघ काठेखोलाका सदस्य उमेश थापा, अ.ने.रा.स्व.वि.यु.(छैठौं) धारा मा.वि. ईकाइ समितिका उपाध्यक्ष एलिसा वि.क. लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

भेला विमा कुमारी जोल्मीको सभापतित्व, याम बहादुर जोल्मीको सञ्चालनबाट अगाडि बढेको थियो । सहिदहरुप्रति १ मिनेट मौनधारण पछि कुमारी थापाको स्वागत मन्तव्य दिएका थिए ।

भेलाले बिमा कुमारी जोल्मीको अध्यक्षतामा ११ सदस्यीय अ.ने.रा.स्व.वि.यु.(छैठौं) काठेखोला गाँउपालिका समिति चयन गरेको छ । जसको उपाध्यक्ष– कविता बि.क., सचिव– याम बहादुर जोल्मी, सहसचिव– नविन किसान र कोषाध्यक्ष– कृपा भण्डारी रहेका छन् । त्यस्तै सदस्यहरुमाः अम्मर बहादुर किसान, निर्मल बि.क., बिशाल पुन, कदम कुमारी थापा, बिक्रम सुनार र कृष्ण बि.क. रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here