तारा र पियारी समानुपातिक सांसद

0
295

काठमाडौं, १२ पौष । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सचिव तथा महिला केन्द्रीय विभागकी संयोजक तारा जिसी ५ नम्बर प्रदेशबाट ४ नं प्रदेशबाट रक्तिम साँस्कृतिक अभियान काठमाडौं माहानगर कि उपाध्यक्ष पियारी थापा राष्ट्रिय जनमोर्चाको तर्फदेखि समानुपातिक सांसद चयन हुनु भएको छ । जिसी खस आर्य कोटाबाट र थापा जनजाति कोटाबाट सो पार्टीको तर्फदेखि सांसद बनेको हो ।
तारा जिसीको स्देशमा छँदा रक्तिम साँस्कृतिक अभियान प्यूठानमा सक्रियता पूर्वक काम गर्नुभएको थियो । पछि नारायण जिसीसँग वैवाहिक सम्बन्धमा गाँसिए पछि भारत प्रवासमा पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत महिला तथा साँस्कृतिक क्षेत्रमा लगातार सांगठनिक कार्यमा सक्रियता पूर्वक काम गर्दै आउनु भएको थियो । २०३३ साल जेष्ट महिनामा नारीकोट प्यूठानमा जन्मीनु भएकी तारा जिसी हाल श्रीमानको नोकरीको अवकाससँगै स्वदेशमा नै रहँदै आउनु भएको छ ।
त्यस्तै सानै उमेर देखि रक्तिम साँस्कृतिक अभियानमा सशक्त नृत्य प्रस्तुती दिने कलाकार तथा नेतृ पियारी थापा (सु–प्रभा) हाल रक्तिम साँस्कृतिक अभियान काठमाडौं महानगर कि उपाध्यक्ष हुनुहुन्छ । बाग्लुङ बरेंग गाउँपाली वडा नं ५ सुखौरामा बाबा इन्द्रबहादुर थापा र आमा कुमारी थापाको कोखबाट २०४६ साउन १३ गते जन्मनु भएकी थापा हाल काठमाडौं रहँदै आउनु भएको छ ।
संधै भरी जनता बीचमा अन्य राजनीतिक पार्टीहरुको भन्दा फरक राजनीतिक बोकेको संदेश प्रवाह गर्ने राष्ट्रिय जनमोर्चाले सामानुपातिक सांसद चयनमा पनि फरक नै व्यावहार देखायो । ठूला राजनीतिक पार्टीहरुमा बाँडफाँडको किचलो चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाले आफूले पाएको दुई प्रदेश सभाका सांसदमा दुबै महिलाहरुलाई पठाएर साहेद नयाँ सन्देश प्रवाह गर्न खोजेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here