- अर्जुन शर्मा
जंगलभित्रको डढेलो
हुस हुस गर्दै चलेथ्यो कयौ दिनहरू
थुप्रै चराचुरुङ्गी अनि जीवबिरुवाका अबशेसहरु
किरा फटयांग्रा र कलिला सारा किचलाहरु
अस्तित्व नामेट भएका थिए ..
दनदन दन्केको त्यो भुरभुर आगोको आतंकले
वरपरका सारा बस्ती आतंकीत भएथे
मान्छेहरुको दिमागमा तापको झटका पुगेथ्यो
भनौ एउटा शृङ्खलाको अन्त्य भएथ्यो
पुरानो जिवन जिर्णोद्वार हुने कुनै लक्षण थिएन
पुरानै अवसेसको पुनरुत्पादन को संकेत थिएन
थियो त केवल एउटा संभावना
नयाँ नयाँ पालुवाको उत्पत्ति
नयाँ प्रकारको जीवनको सुरुवाती
यधपी त्यो जीव जन्तुको जीवन थियो
तर त्यो नौलो अवयबले
मान्छेहरूको जीवन पनि अछुतो हुन्थेन
डढेलोको झिल्को सगै मानिसको चेतना प्रभावित बनेथ्यो
नयाँ चेतनाको सम्भाव्य लहर फैलिएको थियो
मान्छेहरूको उत्पादनका क्रियाकलाप पनि
मानवीय उपयोगका सारा प्रकृति पनि
बदलाव हुने निस्चित थियो
पुरानो ब्यबस्थाको अस्तित्व धरापमै थियो
भिरबाट लड्नै अब लागेको थियो
मात्र एउटा सानो झिल्कोले उछिट्याउन बाकी थियो
झिल्को जल्नासाथ क्रान्ति बल्ने थियो
परिस्थिति सारा तमतयार रहेर
नयाँ उमंगताको नयाँ जोश र होस साथ
भौतिक परिवेश का अवयबहरु
मानवीय चिन्तनका दिवारहरु
एकीकृत हुँदै हुंकार दिए
धर्तीमा आगोको जिल्को बल्दै
सारा आकास रक्ताम्य बनी
संसारभर नौलो बिहानी छायो
पुरानो ब्यबस्थाको नामेट पारेर
नयाँ जीवनको सुरुबात भयो।