पूर्वी दिल्ली, १५ अगस्त । भारतस्थित नेपालीहरुको हकहितमा काम गर्ने संगठन भारतमा अब मूल प्रवाह नेपाली एकता समाजका अखिल भारत नेपाली एकता समाज मात्रै रहेको बताउनु भएको छ । केसीले पूर्वी दिल्ली नगर भेलालाई सम्बोधन गर्दै सो मन्तव्य दिनुभएको हो ।
केसी भन्नु भयो– “भारतमा हामी प्रवासी नेपालीहरुको पक्षमा निरन्तर संघर्षरत छौं ।” वहाँले अगाडि भन्नु भयो– “चाहे, आधार कार्डको सवालमा होस् वा ड्राइभर लाइस वा भनौं डोमिशाइल लगायतका महत्वपूर्ण कागज पत्र नेपाली नागरिकताको आधारमा पाउनु पर्ने माग गर्दै आएका छौं, कुनै राज्यहरुमा त्यो सुविधा समेत उपलब्ध गराइसकेका छौं ।”
कार्यक्रमको अध्यक्षता राजकुमार राहुँले र सञ्चालन चक्रसिंह केसीले गर्नुभएको थियो । ज्ञातअज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधानरण पछि भेलामा सहभागिहरुलाई भानु प्रसाद श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
भेलाले भानु प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ । जसमाः उपाध्यक्ष– राजकुमार राहुँ, सचिव– तुल विक्रम, सहसचिव– तालुकराम सुनार, कोषाध्यक्ष चक्रसिंह केसी, सदस्यहरुमाः उमा केसी, मिना विक, मायाँ श्रेष्ठ, हरि शाही, वैकल्पिक भिमसिंह गाहा, फत्तबहादुर पुन, कुम्भ बहादुर घर्ती, सल्लाहकारमा लालसिंह राना, राजेश राना, गोपाल परियार, बालाराम घर्ती मगर र विन बहादुर राना रहेका छन् ।