अर्जुन शर्मा
चोखो र बिटुलो अन्नको विषयमा समान धारणा पाइदैन । कुन अन्न चोखो मान्ने र कुन अन्न बिटुलो मान्ने भन्ने सोंचाइसग समाजको भौतिक परिवेश, विभिन्न धर्म, जातजाति वा स्थान विशेष अनुसार पृथकपृथक धारणले प्रभाव पार्छन् । फरकफरक परम्परागत मान्यता भेटिन्छन् । एउटै सम्प्रदाय भित्र पनि बिबिध प्रचलनहरु कायम भएका हुनसक्छन् । यो लेखमा मुलत हामी रहेको समाज अन्तर्गत नेपालका कयौं ठाउँमा मानिने केही चोखो बिटुलोको संस्कारको बिषयमा सानो चर्चा गरिनेछ । निश्चय पनि त्यस विषयप्रती मेरो सिमित या आंशिक ज्ञानको दायरा भित्रै त्यो टिप्पणी गरिने हँुदा लेखको विशिष्टतामा कमजोरि पक्षहरूले आक्रमण नगर्लान भन्न भने सकिँदैन ।
हामी कहा प्रचलित कतिपय तथाकथित बिटुलो अन्न बारे सामान्य नजर पुराउने हो भने मुलत ती अन्नहरु बढिनै मात्रामा पौष्टिक भएको पाइन्छ । यद्यपि सबै अन्नबारे भने त्यो सत्य होइन । हाम्रो सामाजिक परम्परागत मान्यतामा कोदोबाट सिर्जित प्रकारहरु, मकै, दाल, कतिपय गेडागुडी इत्यादी अन्नहरु बिटुलो अन्नको रुपमा चित्रण गर्ने गर्दछन् । त्यो बाहेक माछामासुका प्रकार, तरकारीजन्य, फलफुलजन्य र मसलाजन्य अन्य कयौं चीजबीजहरु जस्तै लसुन प्याज टमाटर आदि पनि समाज अनुसार त्यो पनि कयौं समुदाय अन्तर्गत फरक फरक धारणा पाइन्छ । जस्तो कि पहिले बाहुन क्षेत्रीहरुले कुखुराको मासु, लसुन प्याज आदी खान हुदैन भन्ने आम मान्यता थियो।ती मान्यता पनि मुलत त्यही चोखो र बिटुलो मान्ने प्रचलन सगनै सम्बन्धित थिए । बिटुलो मानिने बाहेक अन्य चोखो अन्नहरु मानिने भए । तर त्यो सोंच पनि सधै एउटै रहिरहन भने सकेको देखिन्न । मानिसका सोंचमा बारम्बार बदली हुने गरेको पाइन्छ । भौतिक अवस्थामा परिबर्तन सगै या विभिन्न वैज्ञानिक धारणाको बिकास संगै मान्छेको पुरानो चिन्तनमा पनि परिवर्तन आउनेगरेको हुन्छ, जुन कुरा यहि चोखो बिटुलोको सन्दर्भमा पनि सत्य हो । अहिले लसुन प्याज सेवन सामान्य मानिन्छ । त्यो संगै कतिपय बिटुलो मानिएका खाना बनाउँदा र खाँदा कपडा फेर्ने प्रचलन छ, त्यो सायदै एउटा सकारात्मक साेंच थियो होलाकी सफा भएर खाँदा राम्रो हुन्थ्यो । निश्चित रूपमा पÞmोहोर कपडा लगाएर खाना खाँदा फोहोरबाट किटाणु खानामा प्रबेस गर्ने र शारीरिक रूपमा असर पुराउने हुँदा सफा रहनु सहि कुरा हो तर त्यो कुरा त सबै खाना खाने सन्दर्भमा लागू हुनुपर्ने होइन र ? कुनै बिटुलो मानिएको अन्न सेवनमा सफा हुनुपर्ने अन्यत्र नपर्ने भन्ने गलत सोंचाइ हो ।
अब हाम्रोमा प्रचलित बिटुलो अन्नको अर्को पक्षमा बिचार गरौं । नेपालको हिन्दु समाजमा कोदो बिटुलो मानिन्छ र त्यो पुजाआजामा बर्जित छ तर त्यही कोदो भारतका हिन्दुहरुले बिटुलो मान्दैनन् र पुजा आजामा प्रयोग गर्दछन्, मन्दिरमा चढाउँछन् । एउटै सम्प्रदाय अन्तरगत पनि अलगअकग दृष्टिकोण पाइनुले पनि अन्नको बिटुलोपनाको अस्तित्वमाथी प्रहार गर्दछन् । तैपनी यो लेखको आसय चोखो बिटुलो अन्न हुन्छ हुन्न भन्ने प्रमाणित गर्नु नभएकोले त्यतातिर नलागौं ।
माथी उल्लेखित बिटुलो मानिने केही अन्न बारे हामीले स्वस्थता र पौष्टिकताको हिसाबले हेरौं । जस्तै कोदोस्यो मुलत शक्तिबर्दक खाना हो । यसमा धेरै क्यालोरी शक्ति पाइनुका साथै अन्य विभिन्न तत्व पाइन्छ । यसमा क्याल्सियम पनि पाइन्छ । स्वास्थ्यको दृष्टिले कोदो अन्यन्तै उपयोगी भएकोले कसैले यसलाई अन्नको मुटु समेत मान्दछन् । त्यस्तै दालमा प्रसस्त मात्रामा प्रोटिन पाइनेहुनाले यो पनि स्वास्थको हिसाबले नभै नहुने अन्न हो । लसुन आफैमा एन्टिबायोटिक हो । यो कयौं रोगको औषधी मानिन्छ । यी केही उदाहरणले कथित बिटुलो अन्नको पौष्टिकता कति रहेछ बुझ्न सकिन्छ । यो अवस्थामा किन ती अन्न बिटुलो मानिए ? या माबिन्छन ? त्यो गम्भीर प्रश्न हो । पहिले पहिले व्यापक मात्रामा नै ढिडो, आटो खानेहरु गरिबहरु, दलितहरु या तल्लो तहका मानिसहरु हुन् भन्ने कुलीन सोंच हावी थियो । तर आज स्वयं तिनै कुलीन बर्गकै मान्छेहरु बढी मात्रामा ढिंडो आटोमा जोड गर्न थालेका छन् । शहर बजारमा तिनै अन्नहरु महंगोमा बिक्री बितरण हुन थालेका छन् । त्यसैले हामीले कुन अन्न सेवन गर्ने या नगर्ने भन्ने कुरा चोखो बिटुलोको कथित आधारमा होइन पौस्टिकता र स्वास्थ्यको दृष्टिकोणलाई हेरेर नै निर्णय गर्नु उपयुक्त हुन्छ ।