झारखण्ड राँचीमा मूल प्रवाहको नगर समिति गठन

0
219
राँची, १२ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्व भारत क्षेत्रीय समिति अन्तर्गत झारखण्डको राँचीमा नगर समिति गठन गरिएको छ । नगर समितिको दोश्रो भेलाले सो नयाँ नगर समिति गठन गरेको हो । भेला बरिष्ठ सदस्य खेतुलाल भण्डारीको अध्यक्षता र क्षेत्रीय सदस्य इन्द्रबहादुर थापाको पहलमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन प्रदिप भण्डारीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि चुमलाल भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो ।
                भेलाको उद्घाटन केन्द्रीय सदस्य गिरीराज परियारले गर्नुभएको थियो । परियारले भारतमा एकता समाजको महत्व र त्यसले खेलेको भूमिकाको बारेमा प्रष्ट्याउनु भएको थियो । प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले ७ पूर्ण २ वैकल्पिक र ४ सल्लाहकार गरि १३ सदस्यीय नगर समिति चयन गरेको छ ।
             क्षेत्रीय सदस्य इन्द्र बहादुर थापाले नयाँ समितिको घोषणा गर्नुभएको थियो । जसमाः अध्यक्ष– खेतुलाल भण्डारी, उपाध्यक्ष– देवीराम भण्डारी, सचिव– चुमानलाल भण्डारी, सहसचिव– प्रदिप सुबेदी र कोषाध्यक्ष– रोमराम भण्डारी रहेका छन् । त्यस्तै सदस्यमाः इन्द्र बहादुर थापा, झविलाल भण्डारी, वैकल्पिक सदस्यमाः भूप बहादुर परियार र विष्णु विक रहेका छन् । भेलाले सल्लाहकारमा बोम बहादुर पौडेल, कमल खनाल र विनोद भण्डारीलाई चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here