चेन्नई दक्षिण, १२ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिको आयोजनामा भलीबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन समाजका केन्द्रीय उपध्यक्ष देब बहादुर लामिछानेले गर्नु भएको थियो । लामिछानेले उद्घाटन मन्तव्यमा खेलाडीहरुले खेललाई खेलको रूपमा मात्र नभइ देशको राजनैतिकलाई पनि जोडेर अघिबढ्नु पर्ने आवश्यकता औंल्याउनु भयो ।
अर्का बक्ता राष्ट्रिय जनमोर्चा केद्रीय कार्यालय ब्यबस्थापक कुल बहादुर थापाले आफु भारतमा रहँदा खेलको बिकास गर्ने क्रममा मूल प्रवाहले खेलाडीलाई अन्तर्राष्ट्रिय रूपमा प्रतियोगिता गराउन सफल भएको र खेललाई संगठनको नियम भित्र अनुशासित र राजनैतिक रूपबाट बिकास गर्नुको कारण खेलाडीहरु आज सच्चा क्रान्तिकरी पार्टीका नेता समेत बन्न पुगेको बताउनु भयो ।
त्यस्तै केन्द्रीय सदस्य भीम बहादुर थापा, मदन शर्मा, क्षेत्रीय समितिबाट, ज्योतिनारायण सुबेदी, केशमान नेपाली, कासीराम शर्मा, विद्यार्थी संघ केंद्रीय उपाध्यक्ष बिक्रम केसी, पूर्ब नगर अध्यक्ष चन्द्र बहादुर थापा, उत्तर नगर अध्यक्ष उमानन्द शर्मा, दक्षिण नगर अध्यक्ष, शिब पन्थी, पश्चिम नगर सचिब हिरामणि शर्मा, उत्तर नगर सचिव मोहराज शर्मा, पूर्ब नगर सचिव कोटी प्रसाद शर्मा, दक्षिण नगर सचिब लोकेन्द्र पौडेल लगायतले शुभकामना दिनु भएको थियो ।
खेल चन्द्र बहादुर थापा, कोटीप्रसाद शर्मा, मोहराज शर्मा, लोकेन्द्र पौडेलरेफ्रिको जिम्मा निर्वाह गरेका थिए । खेलमा ८ टीमले भाग लिएका थिए । खेलमा चेन्नई पूर्ब नगर समिति पहिलो र चेन्नई पश्चिम दोश्रो हुनसफल भएका थिए बिजय खेलाडीलाई र चारजना रेफ्रीहरुलाई केन्द्रीय सदस्य भीम बहादुर थापाले पुरस्कार दिनुभएको थियो ।