प्रदेश नं ३ मा छैठौंले प्रशिक्षण कार्यक्रम सम्पन्न पार्यो

0
182

साउन २६, काभ्रे । अखिल छैठौं प्रदेश नं ३ को आयोजनामा समसामयिक तथा राजनीतिक बिषायक २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रम यहि श्रावण २५ र २६ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको हो ।

प्रशिक्षणमा काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप लागायतका जिल्लाहरुबाट बिद्यार्थीहरुको उत्साहजनक उपस्थित रहेको थियो । समसामयिक राजनीतिक बिषय, दर्शन र माक्र्सवादको बिषयमा बिद्यार्थीहरुलाइ प्रशिक्षण दिइएको थियो ।

बिद्यमान समाजमा बिद्यार्थीहरुको राजनीतिप्रती बढ्दै गइरहेको नकारात्मक दृष्टिकोणले गर्दा सामाजिक र राजनीतिक चेतना अभिबृद्धि गर्नका निम्ति यस्ता प्रशिक्षण अति नै आवश्यक रहेको ३ नं प्रदेश कमिटी अध्यक्ष निश्चल क्षेत्रीले बताउनु भयो । उहाँले आगामी दिनमा पनि विद्यार्थीहरुमा राजनीतिक चेतना अभिबृद्धि गर्ने कार्यक्रमहरु निरन्तरता दिइने बताउनु भयो । बिद्यार्थीहरुलाई आपतकालीन परिस्थितिमा आत्मरक्षाका निम्ति गरिने मार्सल आर्टको क्लास पनि दिइएको अध्यक्ष क्षेत्रीले जनाउनु भएको छ ।

प्रशिक्षणमा नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह, युनियनका अध्यक्ष बिमल पोखरेल, बुद्धिजीवी दुर्गानाथ खरेल, नेकपाका नेता तथा पुर्व मन्त्री राम कार्की, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा लगायतले विभिन्न बिषयमा प्रक्षिण दिनु भएको थियो ।

युनियनका केन्द्रीय अध्यक्ष बिमल पोखरेलले द्धिप प्रज्वलन गरि प्रशिक्षण कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो । उदघाट्न शत्रमा सिर्जना जिसिको स्वागत मन्तव्य, सुवास जिसिको सञ्चालन रहेको थियो भने कार्यक्रमको अध्यक्षता निश्चल क्षेत्रीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here