प्रशिक्षण कार्यक्रम सम्पन्न

0
137
रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत सिटी एरिया समितिको आयोजनामा एक दिने सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
            क्षेत्रीय सदस्य एवं नगर अध्यक्ष रेशम विक, क्षेत्रीय सदस्य मोहन सिंह विक, नगर सचिव बलबहादुर विकले नेपालमा संघीय प्रणाली र त्यसले पारेको असर, संगठनको आवश्यकता र महत्व, एकता समाजको विधान तथा घोषणा पत्र र समसामयीक राजनीतिक परिस्थिति लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
             कार्यक्रमको अध्यक्षता गणेश विकले, स्वागत डिल प्रसाद भट्टराईले मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन खेम बहादुर कुमालले गर्नुभएको थियो । गणेश रसाइली, उष विक र शुशिला गुरुङले शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here