पतेहावादमा मूल प्रवाहको नगर समिति

0
296
फतेहाबाद, १० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत हरियाणा राज्यको फतेहवादमा नगर भेला सम्पन्न गरिएको छ ।
किसन केवीको अध्यक्षतामा सम्पन्न भेलाको पहल शीवलाल सुनारले गर्नुभयको थियो । भेलामा केन्द्रीय समितिका उपाध्यक्ष कपिल खनालको विषेश उपस्थिति रहेको थियो । सो भेलामा मूल प्रवाह बारे, संगठानात्मक पद्धति तथा प्रवासी नेपालीहरुको विषयमा उपाध्यक्ष कपिल खनालले व्यापक प्रशिक्षण दिएपछि १२ सदस्सीय फतेहवाद नगर संगठन समिति निर्माण गरिएको छ ।
नवनिर्वाचित समितिको अध्यक्ष– किसन प्रसाद खनाल, सचिव– शिवलाल सुनार, कोषाध्यक्ष– सुरेश सुनार, सदस्यहरुमाः  विरु राना, राजु विक, झविन्द्र विक, वावु जीसी,.हरि विक र एक स्थान रिक्त तथा सलाहकारहरुमा किसन पाल, हरिलाल ओली र किसन केवी रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here