लिवाङ । रोल्पा जिल्लाको सदरमुकाम लिवाङ बजारमा अपराध नियन्त्रण गर्नका लागि सी.सी.टी.भी. क्यामेराबाट निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामेरा जडान गरिएको हो ।
बजार क्षेत्रको दैनिक गतिविधिलाई प्रत्यक्ष रुपमा प्रहरी कन्ट्रोल रुमबाटै निगरानी हुने गरी जडान गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुायालले बताए ।
रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, गैर सरकारी संस्था महासङ्घ, विभिन्न बैङ्क र लेखापढी कानुन व्यवसायी एसोसिएसनको संयुक्त लागतमा सदरमुकामका विभिन्न स्थानमा १० वटा सी.सी.टी.भी. क्यामेरा जडान गरिएको छ । ती क्यामेरामध्ये चार वटा चारैतिर घुम्ने र छ वटा एकैतिर रहने खालका छन् । टुाडिखेल क्षेत्रमा तीन वटा, जनता बैङ्क अगाडि लोकतान्त्रिक चोकमा, बीच बजारमा, पिपल चौतारामा सात्ताले खोलामा, शिवालय मन्दिरमा र जिल्ला प्रशासन कार्यालयको ढोकामा एक–एक वटा क्यामेरा रहेका छन् ।
जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रका मानिसको आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । ती क्यामेराका लागि उक्त नगरपालिकाबाट सात लाख र अन्य निकायबाट ११ लाख ६३ हजार ब्यहोरिएको उनले जानकारी दिए ।