राष्ट्रिय जनमोर्चा दाङ घरदैलोको दौरान संगठन निर्माणमा पनि

0
368

दाङ, ८ अगस्त । राष्ट्रिय जनमोर्चा दाङको घरदैलो तथा सदस्यता अभियान अन्तर्गत गढवा गाउँपालिका १ को भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

नबराज शर्माको अध्यक्षतामा भएको भेलामा जिल्ला अध्यक्ष गणेश आचार्य, सदस्य तथा गढवा गाउपालिका अध्यक्ष कपिलदेब खनाल, सदस्य तथा गाउपालिका सचिब टुकमान कुंवर, अखिल नेपाल किसान संघ केन्द्रीय सदस्य प्रेम आचार्य, अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य ओम बहादुर मगर, मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका कृष्ण खड्का लगायतले मन्तब्य राख्नु भएको थियो । भरत अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रमको संचालन हरी सुबेदीले गर्नु भएको थियोे ।

भेलाले भरत अधिकारीको अध्यक्षताम १५ सदस्यीय वडा समिति चयन गरेको छ । जसको उपाध्यक्ष मुक्तीप्रसाद पौडेल, सचिब दोर्ण भट्टराई, सहसचिब टोपाराम शर्मा, कोषाध्यक्ष पबित्रा जिसी, सदस्यहरुमा टेकराज खनाल, शेरबहादुर अधिकारी, मानबहादुर कुमाल, जमुना भण्डारी, पबित्रा भण्डारी, चन्द्रकला नेपाली, कर्णबहादुर थापा, मदन थापा, राजकुमार योगी र हरि थारु कुमाल रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा नबराज शर्मा, हरी सुवेदी, कर्णबहादुर घर्ती, तारा खनाल, केसब घर्ती, रामबहादुर घर्ती र केसर बहादुर केसी रहेका छन् ।

यसैगरी अखिल नेपाल युबक संघ लमही नगरपालिकाको भेला सम्पन्न भएको छ । गोपाल खनालको अध्यक्षतामा भएको भेलामा अखिल नेपाल युबक संघ जिल्ला अध्यक्ष चित्र एमसि, राष्ट्रिय जनमोर्चा जिल्ला सचिब बसन्तराज पौडेल, लमही नगर सचिब हरि थापा, अखिल नेपाल शिक्षक संघ जिल्ला सचिब रुमालप्रसाद बसेल, अखिल छैठौं जिल्ला अध्यक्ष वसन्त आचार्य लागायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष लेखराज आचार्यले गर्नु भएको थियो । भेलाले दधिराम पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय नगर समिति चयन गरेको छ । जसको उपाध्यक्ष गोपाल खनाल, सचिब बिन्दु परियार, कोषाध्यक्ष भेगराज पौडेल, सदस्यहरुमा गगन आचार्य, रामबहादुर घर्ती, नारायण केसी, यमुना कुंवर र बिक्रम आचार्य रहनु भएको छ । त्यस्तै सल्लाहकारमा लेखराज आचार्य, गोपाल भट्टराई र अनिल पौडेल रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here