नेपालको व्यापार घाटा २७ प्रतिशतले बढ्यो

0
441
काठमाडौँ । आ.व. २०७४/७५ मा नेपालको व्यापार घाटा वर्ष ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो घाटा गत आ.व. २०७३/७४ को तुलनामा २७.५३ प्रतिशत बढी हो ।
आ.व. २०७४/७५ मा नेपालले १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । यसमध्ये १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिादा ८१ अर्ब १९ करोड रुपैयाँको नेपाली वस्तु विदेशी बजारमा पुगेको छ । यो घाटा सरकारले गएको आ.व. विकास निर्माणदेखि चालु तथा वित्तीय व्यवस्थामा गरेको बजेटरी खर्चभन्दा ८९ अर्ब बढी हो । सरकारले गत आ.व. यी क्षेत्रमा १० खर्ब ७३ अर्ब खर्च गरेको छ । गत आ.व. मा भएको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३.९ प्रतिशत र निर्यातको हिस्सा ६.१ प्रतिशत रहेको भन्सार विभागका महानिर्देशक तोयम रायाले बताएका छन् ।
गत आ.व. २०७३/७४ मा १० खर्ब ५७ अर्ब ३३ करोड वैदेशिक व्यापार भएको थियो । यसमा नौ खर्ब ८४ अर्ब ३० करोड आयात थियो भने ७३ अर्ब तीन करोड निर्यात थियो । गत आ.व. मा नौ खर्ब ११ अर्ब २६ करोडको व्यापार घाटा भएको थियो ।
नेपालबाट विश्व बजारमा भएको निर्यातमध्ये ५७.४ प्रतिशत छिमेकी मुलुक भारतसित भएको छ भने अमेरिकासित ११.३ प्रतिशत, जर्मनसित नौ प्रतिशत, टर्कीसित ५.८ प्रतिशत र अन्य देशसित २१.७ प्रतिशत भएको छ । नेपालबाट चार हजार ३४ देशमा नेपाली वस्तु निर्यात भएको भन्सार विभाग बताउँछ ।
विश्व बजारबाट भएको आयातमध्ये ६५.२ प्रतिशतभन्दा बढी छिमेकी मुलुक भारतबाट आयात भएको छ । भारतबाट गत आ.व. मा आठ खर्ब १० अर्ब ९० करोडका वस्तु तथा सेवा नेपाली बजारमा भित्रिएका छन् भने ४६ अर्ब ६० करोड मूल्य बराबरको नेपाली उत्पादन भारतीय बजारमा खपत भएको छ । यस आ.व. मा नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब २४ अर्ब ४८ करोड छ । त्यसमध्ये नेपालले ब्यहोर्नु परेको व्यापार घाटा ११ खर्ब ६२ अर्ब छ । यस अवधिमा कुल आयात १२ खर्ब ४३ अर्ब २९ करोड छ । त्यस अन्तर्गत पेट्रोलियम पदार्थ एक खर्ब ९७ अर्ब ८५ करोड, आइरन एन्ड स्टिल एक खर्ब २५ अर्ब ८८ करोड, मेसिनरी सामान एक खर्ब २४ अर्ब ४४ करोड, सवारी साधन ८६ अर्ब ३० करोड र विद्युतीय सामान ७८ अर्ब २८ करोडको आयात गरिएको छ ।
आ.व. २०७५/७५ मा नेपालको कुल निर्यात ८१ अर्ब १९ करोड रहेको छ । त्यस अन्तर्गत नेपालको तर्फबाट कफी नौ अर्ब २० करोड, कच्चा धागो आठ अर्ब ४३ करोड, कार्पेट सात अर्ब ३८ करोड, तयारी पोशाक छ अर्ब २८ करोड र आइरन एन्ड स्टिल पााच अर्ब १६ करोडको निर्यात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here