बलात्कारीका विरुद्ध (छैठौं) महेन्द्रनगरमा

0
612
साउन १९, महेन्द्रनगर । निर्मला पन्तको घरका वरिपरी झण्डै आधा दर्जन भन्दा बढी वलात्कार हुनु हामी देशवासीको लागि अति दु:खद विषय भएको अनेरास्ववियु (छैठौं)का अध्यक्ष विमल पोखरेलले बताएका छन् ।
           बलात्कार पछि गरिएको हत्याकाण्डको विरुद्ध छैटौंका केन्द्रीय अध्यक्षले कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न एक सभालाई सम्बोधन गर्दै– “वलात्कारीहरुले सरकारलाई असफल पार्न खोजेका त छैनन् ? यस प्रकारका दूभाग्यपूर्ण अभिव्यक्ति दिने संसदहरुको विराजमान नयाँ बानेश्वरको संसदमा छ ।” उनले भने– “आज हाम्रा जनप्रतिनिहरुले बलात्कार जस्तो जघन्य अपराधका विरुद्ध सशक्त प्रकारले आवाज उठाउन सकिरहेका छैनन् ।”
            “न समाजमा आवाज उठेको छ, न संसदमा आवाज उठेको छ, न प्रहरीले सशक्त प्रकारले घट्नाको अनुशन्धान गरेको छ, प्रशासनले गरेको छ, नत समाज जुरुक्कै उठेको छ ।” अध्यक्ष पोखरेलले भने– “त्यसले अन्तत: बलात्कारीहरुको हौसला बढिरहेको छ, अपराधिहरुको हौसला बढिरहेको छ र सिंगो समाज निरह बनिरहेको छ ।” यस्तो अवस्थामा पनि समाजमा रहेका सचेत मानिसहरु समेत अन्यायका विरुद्धमा अगाडि आउन नसक्नु दु:खदायी रहेको पोखरेलले बताए ।
          युनियन (छैठौ) केन्द्रीय समितिको आयोजनामा महेन्द्रनगरमा वर्तमान सरकारले गरेका जनबिरोधी कार्यहरुसँगै निर्मला पन्तलाई बलात्कार पछि गरिएको हत्याकाण्डको विरुद्ध बिरोधसभा सम्पन्न गरेको छ । बिरोध सभालाई अखिल छैठौ केन्द्रीय अध्यक्ष बिमल पोखरेल, सचिव महेश जोशी र राजमो कञ्चनपुरकी उपाध्यक्ष मन्जु परियारले सम्बोधन गर्नु भएको थियो ।
            प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुको सुरक्षाका लागि आफ्नो सरकार प्रतिवद्ध भएको आश्वासन दिएता पनि महिलाहरुले सुरक्षाको अनुभुती पाउने कुनै प्रकारको नयाँपन नल्याएको पोखरेलले बताए । काठमाडौंबाट आएका केन्द्रीय अनुशन्धान आयोगका अधिकृतहरुले निर्मला हत्याकाण्डको जाँचमा सत्य तथ्य प्रमाण जुटाएर मात्र रिपोर्ट काठमाडौं लैजानुपर्ने जिक्र समेत अध्यक्ष पोखरेल गरे ।
            जनताको हकहित, अधिकार र न्यायपुर्ण आन्दोलनको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) तथा राष्ट्रिय जनमोर्चा सदैव जनताको साथमा जुनै पनि मुल्य चुकाउन तत्पर रहेको प्रतिबद्धता पनि गर्नु भएको छ । विरोध सभामा अति चासो र आक्रोसकासाथ आमजनताको अति उल्लेखनीय सहभागी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here