राष्ट्रिय जनमोर्चा दाङ जनताका घरदैलोमा

0
405

साउन १९ दाङ । राष्ट्रिय जनमोर्चा दाङको घरदैलो तथा सादस्यता अभियान गत साउन १५ देखि निरन्तर चलेको छ । यसैक्रममा आज साउन १९ गते घोराही उमनपा १० का विभिन्न टोलहरुमा अभियान सम्पन्न भएको छ । अभियानको क्रममा ५० बढीले राष्ट्रिय जनमोर्चाको सदस्यता लिएका छ्न भने अखिल नेपाल युवक संघको १७ सदस्यीय वाडा समिति समेत गठन भएको छ ।

जसको अध्यक्ष रण बहादुर खत्री, उपाध्यक्ष मनोज पुन मगर, सचिब सुरज आचार्य, सहसचिव सुरज कुमाल, कोषाध्यक्ष महेन्द्र पुन मगर, सदस्यहरुमा प्रबिन थापा, सिबम पौडेल, मिलन बुढाथोकी, नवीन केसी, सुसन साहा, कुमार केसी, सुदन चौधरी, दिपेश पुन, प्रतीक डिसि, सुरज खड्का, सन्दीप बुढाथोकीले र नबिन खडका रहेकाछ्न ।

उक्त अभियानमा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, घोराही नगर समिति अध्यक्ष टीका बिक, कोषाध्यक्ष चन्द्रबहादुर राउत, सदस्य बसन्ता भट्टराई, वडा नम्बर १० अध्यक्ष खिम बहादुर वली, उपाध्यक्ष सिला चौधरी र जातीय समता समाज जिल्ला सदस्य यादब बिक लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here