गोकणेश्वरको नगर भेला सम्पन्न

0
197

काठमाडौं । राष्टिय जनमोर्चा, गोकणेश्वर नगर भेला श्रावण १३ गते सम्पन्न भएको छ । रामप्रसाद बन्जाडेको संचालन, प्रेम मोक्तानको अध्यक्षता तथा दिपक रिजालको स्वागत भाषणका साथ अगाडि बढेको सो भेलाको उद्घाटन मोर्चाका जिल्ला अध्यक्ष लालबहादुर थापाले गर्नुभएको थियो ।

भेलालाई शुभकामना दिनेहरुमा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, राष्टिय जनमोर्चा पााचौ जिल्ला सम्मेलन तयारी समितिका संयोजक समिर सिंह, अन्टुकका महासचिव लोकमणि भुसाल, राजमो कागेश्वरी मनोहराका अध्यक्ष राजेन्द्र पुडासैनी, बुढानिलकण्ठका अध्यक्ष छवि खनाल लगायत हुनुहुन्थ्यो ।

नगर भेलाले प्रेम मोक्तानको अध्यक्षतामा ७ सदस्यीय गोकणेश्वर नगर समितिको गठन गरेको छ जसको सचिवमा दिपक रिजाल, कोषाध्यक्षमा रामप्रसाद बन्जाडे तथा सदस्यहरुमा दूर्गा लोप्चन, लालबहादुर घिसिंग, शुशीला बन्जाडे तथा एक सदस्य रिक्त रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here