जानेएसको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

0
1335

टोकीयो । अन्तर्राष्ट्रिय नेपाली एकता समाज अन्तर्गत जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले यामलाल सापकोटाको अध्यक्षतामा १२ पूर्ण र दुई वैकल्पिक सदस्य रहने गरि नयाँ समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– भिम केसी, महासचिव– तेजेन्द्र क्षेत्री र कोषाध्यक्ष– केशव सापकोटा रहनुभएको छ ।

त्यस्तै सदस्यमा: विष्णु के.सी., शिव पौडेल, हेमलाल गौतम, कमल कार्की, बिसाल के.सी., तुफान के.सी., भिम काउचा, गोपाल सापकोटा, मिलन शर्मा रहनुभएको छ । २ बैकल्पिक सदस्यहरुको स्थान रिक्त राखिएको छ ।

सो ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चा बाग्मतीका इन्चार्ज आनन्द शर्माले गर्नुभएको थियो । शर्माले देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा प्रष्ट्याउनु भयो । वहाँले प्रवासमा छरिएर रहने सम्पूर्ण नेपाली युवाहरुलाई स्वदेशमा लगानि पक्षमा पनि ध्यान दिन आग्रह गर्नुभएको थियो ।

उद्घाटन शत्र कार्यक्रमको अध्यक्षता यमलाल सपकोटाले र सञ्चालक– तुफान केसी गुर्नभएको थियो । अन्तर्रास्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष मान बहादुर केसी, रक्तिमका हेमराज आश्रमको पनि आतिथ्यता रहेको थियो ।

https://emissionkhabar.com/2018/01/02/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%B5%E0%A5%83%E0%A4%A6%E0%A5%8D%E0%A4%A7-%E0%A4%AD%E0%A4%8F-%E0%A4%AE%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%A8/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here