बुटवल । प्रदेश नं. ५ की राजमो सांसद तयार जिसीले ऐतिहासिक जितगढी किल्लाको संरक्षण, विकास र व्यवस्थापन गरी सङ्ग्रहालय र पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारले पहल गर्नु पर्ने बताउनु भएको छ । सांसद जिसीले ऐतिहासिक जितगढी किल्लाभित्र पर्ने फूलवारी क्षेत्रको ३ बिगाह जमिनको स्वामित्व भारतीय पेन्सन क्याम्पलाई दिने तत्कालीन प्रचण्ड सरकारको निर्णय खारेज गर्नु पर्ने बताउनु भएको छ ।
“रुपन्देहीको तिनाऊ नदी किनारमा अवस्थित ऐतिहासिक जितगढी किल्ला हाम्रा पुर्खाहरुको विरताको गाथा बोकेको, सम्पूर्ण नेपालीहरुको गौरवस्थल हो । तर त्यही ऐतिहासिक स्थलमा अब भारतीय सैनिकहरु परेड खेल्ने खतरा बढेर गएको छ” प्रदेश नं. ५ संसदको २०७५ असार ३२ गते बसेको बैठको शून्य समयमा बोल्दै सांसद जिसीले भन्नु भयो– “संसार जित्दै आएको अङ्ग्रेज फौजलाई कर्नेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले बहादुरीपूर्वक लडेर हराएको ऐतिहासिक स्थल हो जितगढी किल्ला । तर त्यही जितगढी किल्लाको फूलवारी क्षेत्रको ३ बिगा जमिनको स्वामित्व तत्कालीन प्रचण्ड सरकारले २०७३ फागुन १७ गते भारतीय पेन्सन क्याम्पलाई सुम्पने निर्णय गरेको थियो । भारतीय विस्तारवादले पेन्सन क्याम्पको नाममा उक्त ऐतिहासिक स्थललाई आफ्नो कब्जामा लिएर भारतीय सैनिकहरुलाई परेड खेलाउने प्रपञ्च रचिरहेको छ । यसमा हाम्रो प्रदेश सरकार गम्भीर र चनाखो बन्नै पर्छ ।” सांसद जिसीले प्रचण्ड सरकारको उक्त निर्णय खारेज गर्नु पर्नेमा जोड दिनु भयो । “ऐतिहासिक जितगढी किल्लाको जमिन भारतीय पेन्सन क्याम्पलाई दिने प्रचण्ड सरकारको तत्कालीन उक्त निर्णय राष्ट्रघाती छ र त्यो खारेज गरिनु पर्छ” उहााले भन्नु भयो–“प्रचण्ड सरकारको उक्त राष्ट्रघाती निर्णय खारेज गराएर ऐतिहासिक जितगढी किल्लासित जोडिएका मणि मुकुन्द सेन दरबार सुरुङ फूलवारी र नुवाकोट दुरबार क्षेत्रको संरक्षण विकास तथा व्यवस्थापन गरी सङ्ग्रहालय एवं पर्यटकीय स्थल बनाउन प्रदेश सरकारले पहल गर्नु पर्छ ।” संसद बैठकको शून्य समयमा बोल्ने क्रममा सांसद जिसीले ऐतिहासिक जितगढी किल्ला बचाऔा अभियानले जितगढी किल्ला बचाउन गरिरहेको आन्दोलन स्मरण गराउादै प्रचण्ड सरकारको उक्त निर्णय खारेज गराउन प्रदेश सरकारले पहल गर्नु पर्ने बताउनु भयो । फूलवारीभित्र रहेको भारतीय पेन्सन क्याम्पलाई अन्यत्र व्यवस्थापन गरी जितगढी किल्लालाई भारतीय विस्तारवादको छत्रछायाबाट मुक्त गर्नु पर्ने उहााको थप भनाइ थियो । सोही समयमा बोल्दै सांसद जिसीले स्वास्थ्य क्षेत्रका विकृतिका विरुद्ध अनसनरत रहेका प्रा.डा. गोविन्द केसीका जायज मागहरु केन्द्र सरकारले तुरुन्त सम्बोधन गर्नुपर्ने समेत बताउनु भएको थियो । प्रदेश नं. ५ को सो दिनको संसद बैठकको शून्य समयमा प्रतिपक्षका सांसद फुरवरुद्दीन खान र सत्तापक्षीय सांसदहरु शुष्मा यादव र विष्णु प्रसाद पन्थीले समेत बोल्नु भएको थियो ।
सांसद जिसीले २६ असारमा बसेको प्रदेश पााचको संसद बैठकको शून्य समयमा बोल्दै प्रदेश अन्तर्गतका जिल्लाहरुमा महिला हिंसाका घटना बढ्दै जाादा पनि प्रदेश सरकार रमिते बनिरहेको बताउनु भएको थियो । रुपन्देहीको कञ्चन गाउापालिका–५ की १६ वर्षीय बालिकाको आगो लगाई गरिएको हत्या र रुपन्न्देहीकै सिद्धार्थनगर नगरपालिका–६ मा दाइजो थोरै ल्याएको निहुामा बुहारीमाथि गरिएको ज्यादती र पछि ती बुहारीको शङ्कास्पद अवस्थामा झुण्डिएको लाश भेटिनु जस्ता महिला हत्या–हिंसाका घटनाहरु प्रदेश राजधानीको नाकैमुनि घटना पनि सरकार गम्भीर नदेखिएको उहाको भनाइ थियो ।
जुन समाजमा महिलाहरु त्रास र हिंसामा बाच्न बाध्य हुन्छन्, त्यो समाजले कहिल्यै कााचुली फेर्न नसक्ने भन्दै सांसद जिसीले प्रश्न गर्नु भयो– “के यही हो समृद्ध प्रदेश र समाजवाद उन्मुख व्यवस्थाको सुरुवात ?” महङ्गी, भ्रष्टाचार र कालो आकाश छुादा समेत सरकार मौन बसिरहनु आश्चर्यजनक रहेको बताउादै सांसद जिसीले संसद बैठकमा बोल्ने क्रममा कार्यव्यवस्था परामर्श समितिले तर्जुमा गरे भन्दा आफ्नै निरङ्कुश शैलीले कार्यक्रम परिचालन गरेकोप्रति पनि आपत्ति प्रकट गर्नु भएको थियो । सांसद बैठकको सो दिनको शून्य समयमा प्रतिपक्ष दलका सांसदहरु निर्मला क्षेत्री, विजय बहादुर यादव र सत्तापक्षीय सांसदहरु रमा घर्ती, कमलादेवी विक र विष्णु पन्थी लगायतले समेत बोल्नु भएको थियो ।