नयाँ दिल्ली । आज १ जनवरी अंग्रेजी वर्षको पहिलो दिन अर्थात सन २०१८ को शुरुवात । यसै दिन नेपाली टोपी दिवस पनि पर्दछ । विगत ४ वर्षदेखि मनाईंदै आएको अन्तर्राष्ट्रिय टोपी दिवस यसपाली भारतमा रहेका नेपाल समुदायले भारतको चर्चिच धरोहर इंडीया गेटमा मनाएका छन् ।
“नेपाली पन, नेपाली मन, हाम्रो ढाका टोपी, हाम्रो गौरव, हाम्रो पहिचान” भन्ने नाराका अंकित व्यानरतले सामाजिक संगठन नेपाली देशभक्त आवाजले दिल्लीमा टोपी दिवस कार्यक्रम मनाएको हो ।
कार्यक्रममा टोपी दिवसप्रति सकारात्मक भावना प्रस्तुत गर्ने नेपाली पन र नेपाली मन भएका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । नेपाली भेषभुषा र पहिचान झल्किने ढाकाको टोपी तथा भातगाउँले टोपीमा ठाटीएर नेपालीहरु इंडीयागेट परिसरमा डुल्दा आम भारतीय दर्शकहरुको लागि पनि चासो बनेको थियो । त्यस पछि चलेको फोटो शेषनमा नेपाली झण्डा समेत फहराउँदा जो सुकै नेपालीको मन ढक्क फूले आउँथ्यो ।
आयातित संस्कृतिहरुलाई अंगिकार गर्नु भन्दा पनि नेपालीहरुले आफ्नो संस्कृति तथा राष्ट्रिय पहिचानलाई जोगाइ राख्नु पर्ने आयोजक समितिका संस्थापक बाबु रोकाले बताए । टोपी दिवस केवल टोपी लगाउनेमा मात्रै सिमित नरहेर राष्ट्र र राष्ट्रिय पहिचान बोकेको हुनाले यसलाई आम नेपालीहरुले सकारात्मक रुपमा लिनु पर्ने रोकाले थपे ।