नेपालगन्ज । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल रहेको बताउनु भएको छ । “गरिबी, अशिक्षा र वस्तुगत परिस्थितिले गर्दा कार्ल माक्र्सले कम्युनिस्ट व्यवस्थाको प्रतिवादन गरेका हुन, उहााले भन्नु भयो– “ढिलोचाडो कम्युनिस्ट व्यवस्था अवश्य आउाछ । कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ।”
कार्ल माक्र्स जन्म द्वि–शतवार्षिकी समारोह समिति प्रदेश नं. ५ को २०७५ असार २२ गते नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा आयोजित प्रादेशिक गोष्ठीमा कम्युनिस्ट आन्दोलनका विषयमा विचार प्रस्तुत गर्दै उहााले उक्त कुरा बताउनु भएको हो । गोष्ठीमा आफ्नो प्रशिक्षणात्मक मन्तव्य राख्ने क्रममा महामन्त्री सिंहले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन विश्वभरिमा नै अहिले रक्षात्मक अवस्थामा रहेको भए तापनि त्यो अस्थायी कुरा भएको बताउनु भयो । पुाजीवादको गर्भबाट नै समाजवादी व्यवस्थाको जन्म हुने स्पष्ट पार्दै महामन्त्री सिंहले समाजमा अन्याय, अत्याचार र विभेद कायम रहादासम्म कसैले चाहना राख्दैमा कम्युनिस्ट आन्दोलन समाप्त नहुने बताउनु भयो ।
प्रदेश नं. ५ का १२ वटै जिल्लाबाट आएका नेकपा र नेकपा (मसाल) का तर्फबाट उपस्थित एक हजारभन्दा बढी सहभागी रहेको सो गोष्ठी असार २२ र २३ गते चलेको थियो । गोष्ठीको उद्घाटन प्रमुख अतिथि नेकपा का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गर्नु भएको थियो । उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, नेकपाका नेता तथा समारोह समितिका केन्द्रीय संयोजक घनश्याम भुसाल, सहसंयोजक सुरेन्द्र कार्की (राम कार्की), प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, पूर्व सांसद देवराज भार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
गोष्ठीमा नेकपाका नेता घनश्याम भुसालले माक्र्सवाद र आजको हाम्रा कार्यभार विषयमा, नेता गणेश शाहले समाजवादमा विज्ञान र प्रविधि विषयमा, नेता विजय पौडेलले देशव्यापी अभियानमा युवा सहभागिता विषयमा र माक्र्सवादी अध्येता तथा नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले माक्र्सवादको महत्त्वका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । नेकपाका नेता समारोह समिति ५नम्बर प्रदेश संयोजक ठाकुर गैरेको अध्यक्षता, राजमो नेता तथा समारोह समिति प्रदेश नं. ५ सचिवालय सदस्य बिदुर मल्लको स्वागत तथा नेकपाका नेता जोग प्रसाद शर्मा अपारले सञ्चालन गर्नु भएको थियो ।
सातै वटै प्रदेशमा गोष्ठीहरु गर्ने र अर्को चरणमा देशभरिका १० हजार ३० वर्षमुनिका युवाहरुलाई माक्र्सवादी प्रशिक्षण गर्ने आयोजकले बताएका छ्न् । – जगदीश ढकाल, नेपालगन्ज