कतार नेपाली एकता समाजको एतिहासिक ५औ राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल पारौं

0
542

रेशम रोका मगर

१९९९ देखि स्थापित कतार नेपाली एकता समाज निरन्तर श्रमजिबिको पक्षमा आफ्नो उपःिथति दिंदै आएको कुरा यहाँहरु माझ सुनाउन पाउँदा सारै खुसी लागेको छ। “जहाँ श्रमिक त्यहा एकता समाज” यो एउटा आफैमा गौरब बोकेको बिचार धार हो । कतारमा रहेका हरेक बैचारिक सगठनहरुको तुलनामा कतार नेपाली एकता समाज छुट्टै पहिचान र श्रमिक को आवाजलाई बुलन्द गर्दै अगाडि बढेको संगठन हो । देशको अबस्था र राजनैतिक दुरदर्शिताको कारण ब्यक्तिगत जीबनयापनको लागि बिदेशिन बाध्य बनाइको परिप्रेक्षमा लाखौंलाख नेपाली युबाहरु खाडी मुलुक कतारमा “सपना शीत पसिना साटन” बिबस छौं । यह आए पछिका दैनिकीको त के कुरा गरौ ।

सामन्तबाद र प्रतिक्रियावादको विरुद्ध लडाइ लड्ने जबानहरु नोकरशाहीको चङुलमा दबिउनु बाहेक अर्को कुनै बिकल्प नभएको वर्तमान परिस्थित छ । केही अपबादलाई छोडेर कतारमा रहेका नेपाली श्रमिकहरुको अवस्था अति दयनिय र कष्टकर छ । नेपालबाट मान्छे बेच्ने लाइसेन्स पाएका मेनपावरले कामको कुनै छनौट नगरी कामदार पठाउँदा गम्भीर समस्या यहाँ हुने गरेको छ । कामदार पठाउदा सबन्धित दक्ष छ कि छैन हेरिदैन । लाखौं रुपैया लिएर गलत तरिकाले फाइदा लिंदै कामदार पठाइन्छ । कम्पनीले यहाँ श्रम शोषण गर्छ, नेपालमा मेनपावर कम्पनीले आउँदा लिएको ऋण तिर्न नसक्दा बाध्य भएर गैरकानुनी काममा लागेकाहरुको जमात पनि कम छैन । यो समस्याप्रति न सरकारको ध्यानाकर्षण भएको छ नत कतार स्थिति नेपाली कुटनैतिक नियोगको ।

देशमा कयौं पटक राजनैतिक परिवर्तन भएका छन् । तर आजसम्म ९०प्रतिशत मेहनतकस श्रमिक जनताको अबस्थामा कुनै परिवर्तन हुन सकेको छैन । भयो त के भन्दा शोषक, सामन्त, दलाल, नोकरशाही, पुँजिपती, बर्गलाई संरक्षकत्व गर्दै नाताबाद, कृपाबादले नेताहरुलाई अछुतो रहनबाट बञ्चित बनायो । देशमा संविधानसभा, गणतन्त्र, लोकतान्त्रिकसम्म आउँदा पनि जनता माथिको शोषण र उत्पिडन यथावत नै छन् । आम शोषित र उत्पीडित बर्गका आमूल परिवर्तनको लागि एक जुट नभै परिवर्तन सम्भव छैन । त्यसैले श्रमिकहरु देशको आमूल परिवर्तनको लागि संस्थागत हुँदै श्रमिक जनतालाई आमूल परिवर्तनको पक्षमा उभ्याउन कोशिस गर्नुपर्छ ।

अन्तमा बक्रिइदमा हुने कतार नेपाली एकता समाजको एतिहासिक ५औं राष्ट्रिय सम्मेलन भब्य रुपमा सफल पार्नको निमित्त कतार स्थिति सम्पुर्ण शुभेच्छुक, बुद्धिजीवी, कलाकार, पत्रकार, बैचारिक संघ संस्था लगायत जनसमुदायहरुमा आर्थिक, नैतिक र भौतिक सहयोगको अपेक्षा गर्दै सम्मेलन सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

लेखकः
कतार नेपाली एकता समाज
लेबर सिटि एरिया समिति अध्यक्ष
एवं रक्तिम साँस्कृतिक अभियान कतारका सचिव हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here