श्रीगंगानगर २९ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत श्रीगंगानगर नगर समितिको ११औं नगर सम्मेलन पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरिएको छ ।
राष्ट्रियताको रक्षा गरौ ! भारत स्थित नेपालीहरुको सुरक्षा गरौ !! आ–आप्mनो स्थानबाट मताधिकार र संसदमा समानुपातिक प्रतिनिधित्वको आवाज सहित नगर सम्मेलन सफल पारौ !!!” भन्ने मूल नारा अन्तर्गत संगठनले भारत व्यापी नगर सम्मेलन सम्पन्न पारिरहेको छ ।
पत्रकारहरु बीच समाजका महासचिव खगेश्वर शर्मा र उपाध्यक्ष कपिल खनालले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका प्रवासी नेपालीहरुलाई मताधिकार पाउनु पर्ने जोड दिनुभएको थियो ।
भारतमा दुई प्रकारका नेपालीहरु रहँदै आएता पनि दुबै प्रकारका नेपालीहरु माथिको व्यवहार भारत सरकार र राज्य सरकारहरुको एउटै रहेको महासचिव खगेश्वर शर्माले बताउनु भयो । शर्माले भन्नु भयो– “१८१६ को सुगौली संधि तहत अंग्रेजी हुकुमतका दौरान भारतमा भूमि सहित आएका नेपालीहरु स्थायी नेपाली भाषी भारतीय नागरिक हुन् भने, १९५० को नेपाल–भारत बीच सम्पन्न शान्ति तथा मैत्री संधिका तहत आवत जावत गर्ने नेपालीहरु अस्थायी नेपालीहरु हुन् । आवतजावत गर्ने नेपालीहरुलाई १९५० को शान्ति तथा मैत्री सन्धिद्वारा प्रदत्त अधिकार अन्तर्गत सुविधान दिनु पर्ने हुन्छ ।” अगाडि भन्नु भयो “नेपाली भाषी भारतीय नागरिकलाई पनि आवतजावत गर्ने नेपालीहरु सरह व्यवहार गरिएको छ, त्यो न्यायीक छैन ।”
उपाध्यक्ष कपिल खनालले “भारतमा हालका दिनहरुमा आधार कार्डको समस्याले आवत जावत गर्ने नेपालीहरुको लागि समस्या परेको छ, यसप्रति दुबै देशका सरकारहरु बीच समन्वय गरेर समाधानको बाटो पहिल्याउनु पर्ने आवश्यकता छ ।” वहाँले भन्नु भयो– “आधार कार्ड विना केवाईसी फारम भरिंदैन, बैंक खाता पनि खोलिंदैन यो अवस्थामा अघोषित रुपमा नेपालीहरुलाई भगाउने षडयन्त्र त गरिंदैन ?” संका गर्ने स्थान रहेको समेत खनालले सम्पूर्ण मिडियाक्रमिहरुको ध्यानाकर्षण गराउनु भयो ।
गिरु प्रसाद न्यौपानेको अध्यक्षतामा तथा हुकुमबहादुर जिसीको सञ्चालनबाट शुरुभएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रीय सचिव– त्रिभुवन भट्टराई, महिला क्षेत्रीय कोषाध्यक्ष– सुनिता भट्टराई, महिला सदस्य– वसन्ता नेपालीको अतिथि आसन ग्रहण पछी हुमबहादुर विकले स्वागत गर्नुभएको थियो । त्रिभुबन भट्टराइले प्रेस विज्ञप्ति बाचन गर्नु भएको थियो ।
उत्साह पुर्ण सहभागिता रहेको सम्मेलनमा पत्रकारहरु द्वारा सोधेकाका प्रश्नहरुको जवाफ महासचिव खगेस्वर शर्मा, उपाध्यक्ष कपील खनाल, क्षेत्रीय सचिव त्रिभुबन भट्टराइले स्पष्ट पार्नुभएको थियो ।