कोयम्बटोर, २३–२४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोइम्बातुर नगर समितिको १०औं सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य महेन्द्र बस्यालले मैन बत्ती जलाएर गर्नु भयो । उद्घाटन भाषणमा संघीय संरचना नेपालको लागि उचित नभएको र यसबाट निस्कने दुष्परिणामले नेपाल अधोगति तर्फ जाने बताउनु भयो । संवृद्धिको अलाप लगाएर नथाक्ने ठूला भनौदा पार्टीहरू बिना कुनै योजना स्याल हुँया गरिरहेको बस्यालको कथन थियो । बिस्तारवादको गोटी बनेर सत्तामा टिकीरहने प्रमुख राजनैतिक पार्टीहरूको गलत प्रबृतिका कारण आज देशले दिनप्रतिदिन खतरा भोग्नु परिरहेको समेत मन्तव्यका क्रममा बस्यालले बताउनु भयो ।
ठूला पार्टी संधै ठूला रहँदैनन्, ठूलो र सानोको फैसला परिस्थितिले तय गर्ने बताउादै बस्यालले– “चरो जिउँदो रहदासम्म कमिलालाई खान्छ, जब चरो मर्छ अनि कमिलाले खान्छ । एउटा रूखबाट दशौं लाख सलाईका काटि बन्न सक्छन तर सलाईको एउटा काटिले दशौं लाख रूख जलाउन सक्छ ।” परिस्थिति जतिवेलानी बदलिन सक्छ तसर्थ कसैलाई पनि कम आंकन नहुने समेत बस्यालको भनाई थियो । आज एमाले माओवादी जति ठूला र शक्तिशाली भए पनि तिनीहरू भन्दा समय शक्तीशाली भएको समेत बस्यालले जोड दिनुभयो । “तसर्थ सानो पार्टी भनेर हेप्न हँुदैन ।”
उद्घाटन कार्यक्रमको अध्यक्षता गोपाल शर्माले र सञ्चालन दिर्ग अधिकारीले गर्नु भएको थियो । अथितिको आशन ग्रहण पश्चात शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण पछि उपस्थित जनमानसलाई रक्तिमका कलाकारहरु र राम बहादुर सेनले स्वागत गर्नुभएको थियो ।
मूल प्रवाहका पूर्व महासचिव तथा राजमो केन्द्रीय व्यवस्थापक कुल बहादुर थापा, केन्द्रीय पार्षद रबि शंकर शर्मा, क्षेत्रीय सदस्य नरेन्द्र नेपाली र रेशम थापाले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
सम्मेलनले नरेन्द्र नेपालीको अध्यक्षतामा ९ पूर्ण ३ बैकल्पिक र ५ सल्लाहकार गरि १७ सदस्य कोम्बातुर नगर समितिको चयन गरेको छ । जसमा: उपाध्यक्ष– रेशम थापा, सचिव– चन्द्र प्रसाद शर्मा, सहसचिव– दिर्ग अधिकारी र कोषाध्यक्ष– गोपाल शर्मा रहेका छन् । त्यस्तै सदस्यहरूमा: रामबहादुर सेन, चन्द्रकान्ता शर्मा, चिरनजिवी शर्मा, जमुना पौडेल, बैकल्पिक दिव्यादेवी शर्मा, प्रेम हमाल र घन श्याम शर्मा रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा शसिराम खनाल, लक्ष्मी प्रसाद शर्मा, मिन बहादुर भण्डारी र रघुबीर सार्कीलाई चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ । प्रमुख अतिथि महेन्द्र बस्यालले नयाँ समितिको घोषणा गर्नुभएको थियो ।
प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य महेन्द्र बस्याल, मूल प्रवाहका पूर्ब महासचिव तथा राजमो केन्द्रीय कार्यालय ब्यवस्थापक कुलबहादुर थापा, मूल प्रवाह क्षेत्रीय समितिका सदस्य रवि गौतम, बिरेन्द्र थापा, रेशम थापा, क्षेत्रीय प्रतिनिधि रबिशंकर शर्मा, जगत हमाल, भवानी लामीछाने इरोड नगर समितिबाट उपाध्यक्ष भिमलाल शर्मा, सदस्य सावित्री ढकाल, निलगिरी नगर समितिबाट अध्यक्ष टेकबहादुर विक र बिद्यार्थी क्षेत्रीय उपाध्यक्ष कुमारी थापा लगायतले नव निर्वाचित नगर समितिलाई बधाई दिनुभएको थियो ।
घोषणा सभाको अध्यक्षता नरेन्द्र नेपालीले र सञ्चालन चन्द्र प्रसाद शर्माले गर्नुभएको थियो । अथितिहरूको आसन ग्रहण पछि उपस्थित जनमानसलाइ संगीतबाट रक्तिम र शब्दबाट गोपाल शर्माले स्वागत गर्नुभएको थियो । प्रमुख अतिथि श्री महेन्द्र बस्यालले कोइम्बातुर नगर समितिका नबनिरर्वाचित पदाधिकारीहरूको घोषणा गर्नुका साथै सम्मेलनको दौरानमा खेलाइएको खेलमा बिजयी खेलाडीहरूलाइ पुरस्कार बितरण पनि गर्नु भएको थियो ।
सम्मेलनको अवसरमा १७ जुनका दिन एरिया स्तरीय भलिवल प्रतियोगिताको सम्पन्न भएको थियो । खेलकूद कार्यक्रमको उद्घाटन रबिशंकर शर्माले गर्नु भयो । खेलमा ८ टिमले भाग लिएका थिए । प्रथम कनवाइ एरिया द्वितीय अरशु एरिया र तृतीय पापम्पट्टि एरिया भएका थिए ।
सन्तोष हमाल १२ बर्ष उमेरको अखिल भारत स्तरको कराते प्रतियोगितामा प्रथम स्थान प्राप्त गरि गोल्ड मेडल जित्न सफल भएकोले उनलाई संगठनको तर्फबाट पनि सम्मान सहित बधाई दिइएको थियो ।
कार्यक्रमको अन्तमा रक्तिमका कलाकारहरूले लोकप्रिय गीत र नृत्यको बेजोड प्रस्तुती गरेका थिए । सम्मेलनलाई सहयोग पुराउने सम्पूर्ण जनमानसलाई राम बहादुर सेनले धन्यवाद दिनु भएको थियो ।