चिदम्बरम्, १७ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम् नगर समितिको ऐतिहासिक १४औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय समितिका उपाध्यक्ष तथा क्षेत्रीय समितिका अध्यक्ष देवबहादुर लामिछानेले गर्नुभएको थियो ।
लामिछानेले उद्घाटन मन्तव्यमा एकता समाजले आफ्नो स्थापना कालदेखि नै भारतस्थित नेपालीहरुका तमाम समस्याहरुसँग प्रत्यक्ष रुपमा संघर्ष गर्दै आएको बताउनु भयो । “हाम्रो संगठन आज भारतमा सबै नेपालीहरुका बिच ठूलो र छाता संगठनको रुपमा विस्तार हुनु नेपालीहरुको प्रत्यक समस्याहरुसँग निरन्तर संघर्षरत थियौं र छौं ।” लामिछानेले भन्नु भयो “श्रमजिवी नेपालीहरुको पक्षमा हामी भविष्यमा पनि निरन्तर रुपमा संघर्षरत रहने छौं ।”
हेम बहादुर गन्धर्वको सञ्चालन तथा सुर्यमान गिरीको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा ज्ञातअज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चात देवेन्द्र आचार्य र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।
मोहराज शर्मा र डिल्ली प्रसाद शर्माले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
सम्मेलनले मोहराज शर्माको अध्यक्षतामा ९ पूर्ण २ वैकल्पिक र २ सल्लाहकार गरि १३ सदस्यीय चिदम्बरम नगर समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– सुर्यमान गिरी, सचिव– गोकुल बहादुर गायक, सहसचिव– देवेन्द्र आचार्य र कोषाध्यक्ष– हेम बहादुर गन्धर्व रहेका छन् । त्यस्तै सदस्यमाः बाला कृष्णा गायक, अशोक कुमार बिक, चन्द्र बहादुर केसी, नारायण शर्मा, वैकल्पिक पदम बहादुर केसी र तारा नाथ शर्मा रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा रमाकान्त शर्मा र दुर्गा देवी हमाललाई चयन गरेको छ ।
प्रमुख अतिथि देव बहादुर लामिछाने, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष विक्रम केसी, मूल प्रवाह केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्मा, राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय व्यवस्थापक कूल बहादुर थापा लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा रक्तिमका कलाकारहरुद्वारा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत् गरिएको थियो ।