सिरसामा ९ औं नगर सम्मेलन सम्मपन्न

0
504

सिरसा, १६–१७ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत सिरसा नगर समितिको ९औं सम्मेलन सम्मपन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सल्लाहकार तथा क्षेत्रीय समितिका सचिव त्रिभूवन भट्टराईले गर्नुभएको थियो ।
शंकर लाल गौतमको अध्यक्षता तथा अजित वुढा मगरको संचालनबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई एक मिनेट मौनधारण पछि गोपाल कान्छाले स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथि त्रिभुवन भट्टराइले उदघाटन मन्तव्यको क्रममा भारत स्थित नेपालीहरुको हकहित तथा न्यायको लागि मूल प्रवाहले सधै अग्र स्थानमा रहि भुमिका निभाउँदै आएको बताउनु भयो । मूल प्रवाहले आफूलाई भारतस्थित नेपालीहरु बीच अभिभावकीय भूमिका निर्वाह गर्दै आएको हुनाले नै आज यो संगठन चार दशकको नजिक पुगेको बताउनु भयो ।
क्षेत्रीय सल्लाहाकार वसंत दर्लामी र विजय विकले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

          सम्मेलनले अजित बुढा मगरको अध्यक्षतामा नयाँ समिति विर्नाचित गरेकको छ । जसमाः उपाध्यक्ष– विजय विक, सचिव– कृष्ण वराल, सहसचिव– गोपाल सोनी र कोषाध्यक्ष– शंकर गौतम रहेका छन् । त्यस्तै सदस्यमाः वलबहादुर कार्की, विना गौतम, शुरेस विक, लक्ष्मण पलम्वर, वैकल्पिक सदस्यहरुमा तोया घले, विष्णु विक, मोहन जिसी र एक रिक्त रहेको छ । त्यस्तै सल्लाहकारहरुमा रवि सोनी, लालबहादुर वुढा मगर, नरबहादुर, पप्पू विक, गीता विक र गणेश सोनीलाई चयन गरेको छ । नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य कृष्ण जिसीले गर्नुभएको थियो ।
प्रमुख अतिथी त्रिभुवन भट्टराई, केन्द्रीय सल्लाहाकार देवि पौडेल, क्षेत्रीय सदस्य वसंत दर्लामी, गिरु प्रसाद न्यौपाने, नन्दबहादुर लम्तरी, रक्तिमका योगेन्द्र दर्लामी, महिला विभागकी निरु सारु, राजमो पाल्पाकि लक्ष्मी दर्लामी, जनजाति विभागका केयर सिंह मगर, श्रीगंगानगर नगर समितिका हरि न्यौपाने लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

         घोषणा सभा शंकर लाल गौतमको अध्यक्षता र कृष्ण वराल संचालनबाट अगाडि बढेको थियो । अतिथीहरुको आशन ग्रहण पछि अजीत वुढा मगर र कलाकारहरुले स्वागत सम्मेलनमा उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here