जालन्धरमा १३ औं नगर सम्मेलन सम्पन्न
जालंधर, १६–१७ जुन । राष्ट्रियताको रक्षा गरौ ! भारतस्थित नेपालीहरुको सुरक्षा गरौ !! आ–आफनो स्थानबाट मताधिकार र संसदमा प्रतिनिधीत्वको आवाज सहित नगर सम्मेलन सफल पारौ” भन्ने मुल नाराका साथ मुल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितीको १३ औं सम्मेलन सम्पन्न भएको छ ।
धनबहादुर गोर्खालीको अध्यक्षता तथा दिलबहादुर गाहको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहमा विभीन्न अतिथीहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौन धारण पश्चात हिम प्रसाद सुनामले स्वागत मन्तव्य दिनुभएको थियो ।
प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष कपिल खनालले सम्मेलनको उद्घाटन गर्नु भएको थियो । खनालले उद्घाटन समारोहलाई सम्वोधन गर्दै मूल प्रवाह एकता समाजले भारतमा आफ्ना कार्यकर्ताहरुको सैद्धान्तीक तथा राजनैतिक दक्षताको विकासको साथै आम नेपाली सनसमुदायमा सामाजिक भावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो । आफ्नो स्थापना कालदेखि नै संघर्षरत एकता समाजले भारतस्थित नेपालीहरुका समस्या समाधान र नेपालको तानाशाही पञ्चायती व्यवस्था विरुद्ध संघर्षमा महत्पूर्ण योगदान पुर्याएको खनालले जोड दिनु भयो । देशमा भएका पञ्चायत विरुद्धको आन्दोलनमा समर्थन र सहयोग पुर्याउनुका साथै २०६२–६३ को महान जनआन्दोलनलाई समेत एकता समाजले प्रत्यक्ष रुपमा सहयोग पुर्याएको खनालले बताउनु भयो । देशका कैयौं आन्दोलन होस् वा अर्थतन्त्र धान्ने सवालमा होस् प्रवासी नेपालीहरुको योगदानको भने नेपाल सरकारले हालसम्म कदर नगरेकोमा दुःख व्यक्त गर्नु भयो ।
केन्द्रीय सदस्य कुलबहादुर वगाले, सल्लाहकार तिलक पौडयाल, महिला केन्द्रीय सदस्य शुष्मा खडका, समता विभागका मंगल सुनार, महिला विभाग की जमुना गाह लगायत लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
सम्मेलनले जीतमान थापाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– हेम प्रसाद सुनाम, सचिव– दिल बहादुर गाह, सहसचिव– राजेश केसी र कोषाध्यक्ष– लक्ष्मण खडका रहेका छन् । त्यस्तै सदस्यहरुमाः क्रमश धनबहादुर गोर्खाली, जुगलाल वुढामगर, तिलबहादुर थापा, किरण पुन, शेरबहादुर पुन, चन्द्र वश्याल, अमित विक, मधुकर भण्डारी, मिना वगाले, जमुना गाह वैकल्पिक सदस्यहरुमा राज कुमार परियार, नेत्रबहादुर थापा, विनोद जीसी, माधव खनाल र राम वहादुर बगाले रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा लक्ष्मण केसी, वासुदेव पौडयाल, मंगल सुनार, हिराबहादुर विक, चक्रबहादुर घर्ती, अमृत सुनार र प्रेम शंकर खनाललाई चयन गरेको छ । केन्द्रीय सदस्य कुल व वगालेले नवनिर्वा्चित कार्यकारणी को घोषणा गर्नुभएको थियो ।
प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सल्लाहकार तिलक पौडेल, महिला केन्द्रीय विभागकी शुष्मा खडका, समता विभागका मंगल सुनार, महिला विभागकी जमुना गाह लगायले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
हिम प्रसाद सुनामको अध्यक्षतामा तथा लक्ष्मण खडकाको सञ्चालनबाट अगाडि बढेको सो घोषणा सभामा उपस्थित जनसमुदायलाई धनबहादुर गोर्खाली र रक्तिम कलाकारहरुले स्वागत गरका थिए । भव्य जनसमुदायको उस्थिति रहेको सो सम्मेलनको अन्तमा भव्य साँस्कृतिका कार्यक्रम तथा पञ्चेबाचाको नृत्य प्रस्तुत गरिएको थियो ।
महिला विभागको गठनः
मूल प्रवाह नगर समिति अन्तर्गत महिला विभाग गठन गरिएको छ । जसमाः अध्यक्ष– सुश्मा खडका, सचिव– जमुना गाहा, कोषाध्यक्ष– मिना वगाले रहेका छन् । त्यस्तै सदस्यहरुमाः गिता गुरुड, निर्मला वुढा, सरिता सुनाम, मिना थापा, शान्ता चौधरी, माया परियार, कविता पुन, जुना विक, संतोषी थापा, ववली वस्नेत, निर्मला केसी, विना गाहा, विष्णु एमसी, हरिकला बगाले, राम कुमारी, मिना विक, कमला विक, सरस्वती आचार्य, लक्ष्मी थापा र गिता गोतामे रहनु भएको छ ।
रक्तिम विभाग गठनः
सोही घोषणा सभाको सन्दर्भमा रक्तिम नगर विभाग पनि गठन गरिएको छ । जसमा: संयोजक– जितमा थापा, सदस्यहरु क्रमश: जमुना गाहा, सृजना थापा, मनिषा थापा, श्रीजना बगाले, ऋतिका खड्का, धन बहादुर गोर्खाली, शुष्मा खड्का, गितिका खड्का, रोश्नी राई, आकाश राई, दिपीका श्रेष्ठ, विजय थापा, लक्ष्मी खत्री, दिल बहादुर गाहा, बाशुदेव पौडेल, मनिषा पुन, माधव बगाले, अन्जली थापा, लक्ष्मी परियार, सन्तोषी परियार, टिना थापा, रंजना थापा, कविता थापा, चादनी थापा, मनिषा मगर, संगिता परियार, अर्जुन विएम, गोविन्द खत्री, विक्रम सुनाम, शिखर गाहा, प्रकाश गाहा, राजकुमार परियार र संगिता मगर रहेका छन् ।
विद्यार्थी नगर समिति गठनः
त्यस्तै विद्याथी नगर समिति गठन गरिएको छ । जसमा: अध्यक्ष– माधव बगाले, सचिव– श्रीजना बगाले, सहसचिव– मनिषा थापा र कोषाध्यक्ष– रितिका खड्का रहेका छन् । त्यस्तै सदस्यमा: शुशिल बुढा मगर, अर्जुन बुढा मगर, गोविन्द खत्री, अनु थापा, गितीका खड्का, बविता पाण्डे, राहुल थापा, रेमन थापष, करन एमसी, विमल चौधरी, लक्ष्मी परियार, सन्तोषी परियार, विजय, विकास सुनाम, अनिता सुनाम, टिना थापा, रन्जना थापा, संगिता मगर, तारा मगर, दिपेन्द्र केसी, गोविन्द विक, अजय बसेल, विजय बसेल, मनिषा पुन, रोशनी राई, आकाश राई, नविन, दिपीका श्रेष्ठ, मनिषा मगर, विना, मन्दीप थापा, संगिता र अन्जली सुनाम रहेका छन् ।
वाल संगठन गठनः
संयोजक– विवेक थापा, सदस्यहरु : शिखर गाहा, अन्जली थापा, कविता थापा, प्रकाश विएम, लक्की, अभिराज, शान्ती, कुलवीर सारु रहेका छन् ।
सोढल एरिया समिति गठनः
त्यस्तै १६ जुनका दिन नगर समिति अन्तर्गत सोढल एरिया समिति पुनरगठन गरिएको छ ः जसमाः अध्यक्ष– हिम प्रसाद सुनाम, उपाध्यक्ष– रामु विक, सचिव– अमित विक, सहसचिव– चन्द्र बसेल र कोषाध्यक्ष– खेम बसेल रहेका छन् । त्यस्तै सदस्यमाः किरण पुन, राजकुमार परियार, भिम बहादुर थापा, यमलाल पाण्डे, जुना विक, देवी बस्याल, वैकल्पिक सदस्यमाः इन्द्र बस्याल र लाल बहादुर रहेका छन् । त्यस्तै दुर्गा विक, सरिता सुनाम, सुनिता विक र दिपेश जिएमलाई भेलाले सल्लाहकार चयन गरेको छ ।