आन्ध्रा प्रदेश, खम्मम । भारत गैइ रोजीरेटीको ब्यवस्था मिलाउने मनभरी सपना बोकेर चेन्नई जान हिंडेका एक नेपालीको चल्ती रेलबाट खसेर दुखद निधन भएको समाचार छ । उनी प्युठान नगरपालीका १० सारीबाङ राउतटोल निवासी हिमलाल सुवेदीका कान्छा छोरा बाल प्रसाद सुबेदी भएको पुष्टि भएको छ । ३७ बर्षका बाल प्रसादको १२ जून २०१८ का दिन राति करिव २ बजेको समयमा चल्ती रेलबाट खसेर दुखद निधन भएको उनका साथीहरुले बताए ।
गाउकै साथीहरू बिकास थापा, दान बहादुर बिष्ट र हिमाल रानासँग निज बाल प्रसाद सुबेदी १० जून २०१८ का दिन प्युठानबाट लखनऊ पुगी चेन्नईको लागि रेल चढेका थिए । चालु टिकट लिएर रेलचढेका उनीहरुलाई यात्रा त्यति सहज नलागेको साथीहरू बताउछन् । तर पनि जेनतेन गरेर यात्रा गर्दैगर्दा उनको सामान्य मानसिक तनाव भएको आशंकामा साथीहरुले निजलाई रेखदेखका साथ राखेको बताउँछन् ।
तर आन्द्रा प्रदेशको खम्मम्देखि २ किलोमीटरको दूरीमा निज बाल प्रसाद सुबेदी सिटबाट तल झरेर दौडने क्रममा चल्ति गाडीको ढोकाबाट खसेको साथीहरुले बताए । ‘बचाउनको लागि कोशी गर्यौ तर सकेनौं ।’ हिमाल रानाले भने ‘घटना भइसके पछि हामीले रेलको चेन तानेर रेल रोक्ने प्रयास गर्यौं तर रेल विजयवाडा पुगेर मात्रै रोकियो ।’
बिजयवाडा झरेर आफूहरूले खोज्दै जाँदा रेलवे लाइनमा बाल प्रसादको शव फेला परेको र प्रहरीलाई रिपोर्ट गरि घटना स्थलमा पुगेर शव ब्राहमत गरि खम्ममको सरकारी हस्पिटलमा राखिएको मृतकका साथीहरुले बताए । आफन्तको उपस्थिति भएपछि मात्र दाहसंकार गर्ने प्रहरीले जनाएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मृतकका परिवार जनका लागि उचित क्षेतिपूर्तिको पनि माग गरिएको बताएको छ ।
चेन्नई जाने क्रममा यसप्रकारको दु:खद घटनाहरु पटक पटक हुने गरेका छन् । यह अघि पनि कैयौं नेपालीहरूले यात्राका दौरानमा रेलबाट खसेर ज्यान गुमाउने समाचार गए केही वर्षयता आइरहेका छन् । यस प्रकारका घटनाहरु हुन नदिन सम्पूर्ण पक्षहरु होशीयार रहुन पर्ने पनि जरूरी छ ।
यस घटना बारे अन्य जानकारीका लागि बिकास थापा मोवाइ ९५१५९०५२८७ रहेको छ ।