भारतमा मात्रै सिमित नरही देशको राष्ट्रियताको आन्दोलनमा समेत सक्रिय छौं : खनाल

0
927

लुधियाना सिटी, ९–१० जुन । राष्ट्रियताको रक्षा गरौ ! भारत स्थित नेपालीहरुको सुरक्षा गरौ !! आ–आफनो स्थानवाट मताधिकार र संसदमा प्रतिनिधीत्वको आवाज सहित नगर सम्मेलन सफल पारौ” भन्ने मुल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत लुधियाना सिटी नगर समितिको १४औं नगर सम्मेलन सम्पन्न भएको छ ।

उदयसिंह चंदको अध्यक्षतामा तथा रामचन्द्र पौडयालको सञ्चालनबाट अगाडि बढेको उदघाटन समारोहमा विभीन्न अतिथीहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पश्चात खुमबहादुर थापाले स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष कपिल खनालले उद्घाटन गर्नु भएको थियो । खनालले समारोहलाई सम्वोधन गर्दै भारत प्रवासमा छरिएर रहेका सम्पूर्ण शोषित पिडितहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा संगठित हुन आव्हान गर्नुभएको थियो । प्रवासी नेपालीहरुको हकहित तथा न्यायको लागि मात्र नभई राष्ट्रियता तथा जनतन्त्रको सवालमा पनि प्रवासी नेपालीहरुले स्वदेशका हर मोर्चामा डटेर लागिरहेको खनालले जोड दिनु भयो ।

बिशिष्ट अतिथि केन्द्रीय उपाध्यक्ष हिरा सिहं चंद, क्षेत्रीय सदस्य कैलास खडका, महिला क्षेत्रीय सदस्य गिता चंद, विद्यार्थि क्षेत्रीय समितिका नविन चंद लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

सम्मेलनले उदयसिंह चंदको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– खुमबहादुर थापा, सचिव– पशुपति पोखरेल, सहसचिव– चन्द्र साउद र कोषाध्यक्ष– राम चन्द्र पौडयाल रहेका छन् । त्यस्तै सदस्यहरुमाः नन्दराज भण्डारी, दोर्ण पोखरेल, कैलाश खडका, वल बहादुर केसी, मानबहादुर थापा, नारायण पोखरेल, दिलीप थापा, हिक्मत परियार, हुमबहादुर राना, दिपा चंद, वैकल्पिक सदस्यहरुमाः चक्रबहादुर चंद, रवि शर्मा, महेन्द्र वोगटी, कृष्ण खनाल र गणेश विक रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा गीता चंद, शंकर परियार र राम प्रसाद वेल्वासेलाई चयन गरेको छ । नयाँ समितिको घोषणा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले गर्नु भएको थियो ।

प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय उपाध्यक्ष हिरा सिहं चंद’ केन्द्रीय सदस्य दिनेश खडका, सल्लाहकार तिलक पौडेल, क्षेत्रीय सदस्य कैलास खडका, शिवलाल लामिछाने, खेमराज पोखरेल, मानबहादुर केसी, वुद्वी राम आचार्य, महिला क्षेत्रीय सदस्य गिता चंद, विद्यार्थी क्षेत्रीय समितिका अंकित पोखरेल, समता क्षेत्रीय विभागका रामबहादुर ताम्रकार, संगरुर नसबाट राजु खनाल, चंडीगढ़बाट शमशेर केसी, फोकलपाइन्टबाट जनक रिजाल, गोविन्दगढबाट तारा जीसी लगायतले निर्वाचित समितिलाई वधाइ तथा शुभकामना दिनुभएको थियो ।

घोषणा सभाको अध्यक्षता द्रोण पोखरेलले र सञ्चालन रामचन्द्र पौडेलले गर्नुभएको थियो । कार्यक्रमा सहभागिहरुलाई उदयसिंह चंद र कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here