कराँटे खेलमा दिल्लीमा नेपालीहरुले १६ स्वर्ण जिते

0
486

बाबु रोका
नयाँ दिल्ली, २९ डिस. । दिल्ली स्थित तालकटोरा स्टेडियममा पाँच देशहरु नेपाल, भारत, भुटान, श्रीलंका र माल्दिप्स बिच अन्तर्राष्ट्रिय कराँटे खेल सम्पन्न भएको छ । सो खेलमा नेपाली खेलाडीहरुले ३० स्वर्ण पदक मध्ये १६ स्वर्ण पदक हात पार्न सफल भएका थिए ।
जापान जुडो कराँतेका संस्थापक राजिब रानाको नेतृत्वमा दिल्लीमा आफ्नो कुशल क्षेमता प्रदशर्न गर्न सफल खेलाडीहरुलाई नेपाली राजदुतावासबाट कार्यवाहक राजदूत पुरुसोत्तम कडेलले हार्दिक बधाई तथा शुभकामना प्रकट गर्नुभएको छ ।
सो बधाई तथा शुभकामना कार्यक्रममा नेपाली दूतावासबाट कृष्ण पन्त र श्रृजना अधिकारीको पनि उपस्थिति रहेको थियो । नेपाली देशभक्त आवाजको टोलीले नेपाली राजदूतावासको परिसरमा खेलाडी अनि कोचलाई खादा ओढाइ सम्मान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here