श्रीगंगानगरमा एरिया भेला सम्पन्न
१ जुन । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज श्री गंगानगर नगर समिति अन्तर्गत जबाहार नगर एरिया समितिको एरिया भेला सम्पन्न भएको छ ।
सुकदेब रिजालको अध्यक्षतामा तथा रेशम भन्डारीको सञ्चालनमा सम्पन्न भेलामा विभिन्न अतिथिहरुको आसन ग्रहण पछि ज्ञात अज्ञात शहीदप्रति १ मिनट मौनधारण पछी बिस्नु थापा र रक्तीमका कलाकारहरुद्वारा स्वागत पश्चात केन्द्रिय सदस्य भेलाको उदघाटन कृष्ण जीसिले र नयाँ समितिको घोषणा त्रिभुबन भट्टराइले गर्नुभएको थियो ।
जस्माः अध्यक्ष– सुकदेब रिजाल, उपाध्यक्ष– बिस्नु थापा, सचिव– नारायण न्यौपाने, उपसचिव– धर्म के.सी र कोषाध्यक्ष– बिस्नु न्यौपाने रहेका छन् । त्यस्तै सदस्यमाः डीम बहादुर एमसी, पुरन रिजाल, गुन्जमान भट्टराई, गोपाल न्यौपाने, सिता एमसि, सरिता न्यौपाने, किसन गिरी, कृष्ण प्रसाद रिजाल, बिष्णा रिजाल, लालु गिरी, शान्ता पोख्रेल, कुसुम न्यौपाने, यामबहादुर थापा, पदम रिजाल, सालिक राम न्यौपाने, रिखिराम न्यौपाने, चाम लाल न्यौपाने, खुमा नन्द न्यौपाने, गोमा खनाल, टिकाराम भट्टराई, धर्म थापा र सुशिला रिजाल रहेका छन् ।
भेलाको बिच बिचमा रक्तीमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । हुम बहादुर बिक, गिरु प्रसाद न्यौपाने, हुकुम जीसी, बसन्त भन्डारी, हरि प्रसाद न्यौपाने, बिस्नु प्रसाद न्यौपाने, गुन्जमान भट्टराई र बिस्ना रिजाल लगायतले भेलालाई बधाई तथा शुभकामना दिएका थिए ।
घडसना एरिया
त्यसैगरी सोही नगर समिति अन्तर्गत ३० मईका दिन घडसना एरिया समितिको भेला सम्पन्न भएको छ । हुकुम बहादुर सुनार को अध्यक्षतामा तथा हरि भट्टराईको सञ्चालनमा सम्पन्न भेलालाई केन्द्रिय सल्लाहाकार तथा सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव त्रिभुबन भट्टराईले सम्बोधन गर्नुभएको थियो ।
सो भेलालाई नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने र नगर सल्लाहाकार पदम केसी, राजमो दांग छेत्र न १ का उपाध्यक्ष शिव प्रसाद पोखरेलले पनि मन्तव्य दिनुभएको थियो ।
भेलाले घडसना एरिया समितिको पुर्नगठन गरेको छ जस्माः अध्यक्ष– राम कुमार रसाली, उपाध्यक्ष– बिष्णु बहादुर बराली, सचिव– हरि भट्टराई, सहसचिव– शान्ती देबी सुनार र कोषाध्यक्ष– हुकुम बहादुर सुनार रहेका छन् । त्यस्तै सदस्यहरुमाः मोहन खडका, बिस्नु बराल, बसन्त थापा, इस्वर बस्नेत, ओम चन्द गिरी, सुमन देबी, मिठु जीसी, असोक सुनार, केसब बस्नेत, श्रीधर भट्टराई, दिपक रसाली, कमला बराल, संजय रसाली, अनिता रसाली, अमर सुनार, गिता सुनार शान्ती सुनार रहेका छन् ।
विभिन्न एरियाहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न
त्यसै गरी सोही नगर समिति अन्तर्गत बिजयनगर एरियामा पनि प्रसिक्षणात्मक भेला सम्पन्न गरिएको छ । पदम केसीको अध्यक्षता तथा रामप्रसाद शर्माको सञ्चालनबाट अगाडी बढेको भेलामा सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव त्रिभुबन भट्टराइले नगर सम्मेलन तथा विभीन्न समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी सोही नगर समिति अन्तर्गत अनुपगढमा पनि रमान सिह तथा त्रिभुवन भट्टराईको सक्रियतामा प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको छ ।
यसै गरि रायसिंह नगर एरियामा पनि एरिया अध्यक्ष ललित केसीको अध्यक्षतामा प्रशिक्षण सम्पन्न भएको छ । यसैगरि गजसिंहपुर, करणपुर, पदमपुरमा पनि प्रशिक्षण क्षेत्रीय सचिव त्रिभुवन भट्टराईको विशेष उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको छ ।
सिकन्दरावादमा खेल समिति गठनः
मुल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समिति द्वारा संचालित सिकन्दराबाद संयक्त एरिया खेल समिति पुर्नगठन गरिएको छ । क्षेत्रीय सचिवालय सदस्य रामकुमार क्षेत्रीको विशेष उपस्थितिमा सम्पन्न भेलाले तिलक रानाको अध्यक्षतामा गठन गरिएको खेल टिमको कोच भने झलक पुन रहेका छन् । त्यस्तै समितिको सचिव– राजु दुलाल, कोषाध्यक्ष– थम्मन बस्नेत, टिम कैपटन– नारायण परियार, उपकैपटन– तारा कार्की, सदस्य– भोजराज चन्द, कमल कुमाल, बिनोद चन्द, बिरेन्द्र चन्द, भुवन थापा र इन्द्र श्रेष्ठ रहेका छन् ।
संयुक्त भेलाको अध्यक्षता तिलक रानाले र सञ्चालन राजु दुलालले गरेका थिए । केन्द्रीय सल्लाहकार रामकुमार क्षेत्री र रक्तिम केन्द्रिय बिभागका सदस्य झलक पुनले शुभकामना मन्तव्य दिनुभएको थियो ।
हिसारमा टोल समिति
हिसार, ३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार अन्तर्गत पर्ने सिटि एरियाको १४ सेक्टरमा एरिया सदस्य, बिजय कुमारको पहलमा र क्षेत्रीय सदस्य नन्द बहादुर लमतरी, जनजाति बिभागका संयोजक केहर सिंह घर्ती मगरको विशेष उपस्थितिमा आयोजित भेलाको अध्यक्षता दिलीप कुमारले तथा सञ्चालन नगर सचिव तारा बहादुर सोमरेले गरेका थिए ।
भेलाले उपस्थित साथीहरुको बिचमा सङगठनात्मक पद्वति तथा मूल प्रवाहका विषयमा व्यापक छलफल गरि दिलिप कुमारको अध्यक्षतामा १५ सदस्यीय टोल गठन गरेको छ । जसमाः सचिव– अजय कुमार, कोषाध्यक्ष– श्रीमति मिरा मगराती र सदस्यहरुमाः प्रमोद पोख्रेल, राहुल कुमार पाण्डे, टेकबहादुर मगराती, कृष्ण मगराती, संजय, अर्जुन मगराती, सीता मगराती,
साबित्रा तावङे, चादनी मगराती, माया, माला बिक, अजय कुमार, जानुका रहेका छन् ।
नयाँ समितिलाई नन्द बहादुर लमतरी, केहर सिंह घर्ती मगर र तारा सोमारेले वधाई दिनुभएको थियो ।
कार्यकार्तालाई विदाइ तथा सम्मान
हिसार, ३० मई । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिमा १९८१ देखि लगातार क्रियाशील भइ सङगठनका विभिन्न जीम्मेवारी निभाउदै भाएका नगर सल्लाहकार बिस्नु प्रसाद घिमिरेलाई विदाई गरिएको छ । नगर अध्यक्ष वसन्त बहादुर दर्लामीको अध्यक्ष्यता र नगर सचिब तारा बहादुर सोमरेको सञ्चालनमा र केन्द्रिय सल्लाहकार देवी प्रसाद पौडेलको विशेष उपस्थितमा विदाई कार्यक्रम सम्पन्न भएको थियो ।
केन्द्रीय सल्लाहकार देवी प्रसाद पौडेल र नगर अध्यक्ष वसन्त दर्लामीले विष्णु घिमिरेलाई अविर लगाई स्मृति चिन्ह हस्तांतरण सहित सम्मान गरिएको थियो ।
घिमिरेले हिसार नगर समितिको स्थापना कालदेखी हालसम्म सङगठनका लागि निष्ठापुर्वक बिताएको पल तथा जिम्मेवारी वहन गर्दे आइरहेको विषयमा देवी प्रसाद पौडेलले प्रकाश पार्नुको थियो । त्यस्तै क्षेत्रीय समितिका आत्म राम न्यौपाने, नन्द बहादुर लमतरी, महिला क्षेत्रीय समितिकि श्रीमती डोल माया बिक, नगर समितिका सदस्य किसन पोख्रेल, हुमकान्त अधिकारी, महिला नगर समितिकी अध्यक्ष सेती राना, जनजाति बिभागका केहर सिंह घर्ती मगर, रक्तिम बिभागका योगेन्द्र दर्लामी, इन्ड्रस्ट्री एरिया अध्यक्ष श्याम बहादुर बिक, सिटि एरिया सचिव बाबूराम शर्मा, महिला नगर सदस्य श्रीमती शान्ता पौडेल, राष्ट्रिय जनमोर्चा नेपाल पाल्पा जिल्लाकी श्रीमती लक्ष्मी दर्लामीले बिस्नु घिमिरेलाई शुभकामना दिनु भएको थियो ।
बिस्नु घिमिरेले स्वदेशमा पनि राष्ट्रियता, जनतन्त्रका लागि निरन्तर राजमोमा संगठित भई काम गर्ने प्रतिवद्धता प्रकट गर्नु भएको थियो ।