क.ने.ए.स.को पाचौं राष्ट्रिय सम्मेलन हुँदै

0
590

दोहा कतार, १५ पौष । अन्तराष्ट्रिय नेपाली एकता समाज अन्तर्गत कतार नेपाली एकता समाजले ‘राष्ट्रियता, राष्ट्रिय अखण्डता, जनतन्त्र र जनजिविकाको लागि हाम्रो अभियान ! प्रवासी श्रमजिवीहरुको हक हित र अधिकारको पक्षमा पाचौं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ ऐतिहाँसिक पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न गर्न गइरहेको छ ।

समाजको केन्द्रीय समितिले २९ डिसेम्बरका दिन पाचौं राष्ट्रिय सम्मेलनको तयारीका लागि विस्तारित बैठक सम्पन्न गरेको छ । समाजका अध्यक्ष लुमाकान्त पुन मगरको अध्यक्षता रहेको सो कार्यक्रमको सञ्चालन महासचिव खिम बुढा मगरले गरेका थिए । विस्तारित बैठकले सम्मेलनको लागि ६ उपसमितिहरु गठन गरेको छ । जसमा:

व्यवस्थापन उपसमिति :–
संयोजक– हेमन्त वाइवा, सदस्यहरुमा हरि प्रसाद शर्मा, गिरी काउछा, अमिना खान, हेम बस्नेत, प्रेम खत्री, राम इन्दल थिङ्ग ।

विधान घोषणा पत्र :–
संयोजक– खिम बुढा, सदस्यहरु–: हेमन्त वाइवा र अर्जुन थापा ।

आर्थिक उपसमिति :–
संयोजक– धन बहादुर परियार, सदस्यहरु मिनराज पुन, भरत सुनार, तेजनारायण शर्मा, रेणुका चौलागाई ।

प्रचार प्रसार उपसमिति :–
संयोजक– विष्णु थापा, सदस्यहरु –: उद्धव मगर, रामप्रसाद पराजुली, जानुका बस्नेत (खडका) टेंकराज थापा, लिलाधर आचार्य, अर्जुन खनाल, रोशन राई,गोविन्द लाल विक ।

सांस्कृतिक उपसमिति :–
संयोजक– बलदेव राना, सदस्यहरु: हुमाकान्त आचार्य, खगेश्वर भूषाल, रण बहादुर वि.सि, रेशम रोका, विमल भूषाल, राधिका मगर, दिल बहादुर विक ।

स्वयंमसेवक उपसमिति :–
संयोजक– अमर विक, सदस्यहरुमा: लक्ष्मण कोईराला, रण बहादुर नेपाली,थम्मन पुन, थम्मन थापा, पहलसिंह सामत, शालिकराम पुन, सत्य बहादुर पुन, अशोक राना,इन्दिरा खनाल, इश्वरी थापा, चयन हुनु भएको छ ।

विस्तारित बैठकमा कतार नेपाली एकता समाज मातहत रहेका सम्पूर्ण एरिया इकाईका जिम्मेवार पदाधिकारी तथा सदस्यहरु उपस्थित रहेको उक्त बैठकमा अगामि हुन गइरहेको पाचौं राष्ट्रिय सम्मेलन भव्य र सव्य तरिकाले सफल पार्नको लागि संस्थाले दिएका जुनसुकै कार्यभार तथा जिम्मेवार वहन गर्न आतुर रहेको जनाएको छ ।

सम्मेलन मुस्लिम समुदायको चर्चित पर्व रामजान इदको अवसरमा सम्पन्न पारिने समाजका केन्द्रीय अध्यक्ष लुमाकान्त पुनले जानकारी दिनुएको छ । २०१८ मा रामजान इद जुन महिनाको पहिलो सातामा पर्ने सम्भावना छ । अझैसम्म प्रमुख अतिथिको रुपमा स्वदेशबाट कस्को उपस्थिति रहने निश्चित नभएको पुनले फेसबुक म्यासेन्जरबाट जानकारी दिनु भयो ।

कतार नेपाली एकता समाज राष्ट्रिय जनमोर्चा निकट जनवर्गिय संगठन हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here