डब्बालीमा मूल प्रवाहको प्रथम सम्मेलन सम्पन्न

0
404
डब्बाली, २७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत डब्बाली नगर समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय समितिका उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो ।
खनालले उद्घाटन मन्तव्यको क्रममा नेपालको एक तिहाई जनसंख्या विदेशमा रहेता पनि नेपाल सरकार प्रवासी नेपालीहरुको मताधिकारको लागि उदासिन रहेको बताउनु भयो । प्रवासी नेपालीहरुलाई मताधिकार सुनिश्चित नभएसम्म आफूहरु आन्दोलित रहनेमा खनालले जोड दिनुभयो ।
नवनिर्वार्चित समितिलाई केन्द्रीय समितिका सल्लाहकार तथा क्षेत्रीय समितिका सचिव त्रिभुवन भट्टराई, क्षेत्रीय सदस्य नन्दबहादुर लम्तरी, हुम बहादुर विक, विष्णु प्रसाद न्यौंपाने, कृष्ण बराल, महिला क्षेत्रीय विभागकी सुनिता भट्टराई, हिसार नगर समितिका बसन्त दर्लामी, मलोटबाट डेगमान जिसी, श्रीगंगानगरबाट गिरु प्रसाद न्यौंपाने, रक्तिम क्षेत्रीय विभागबाट विष्णु विक, विद्यार्थी क्षेत्रीय समितिबाट शिवा नेपाली, हिसार जनजाती बिभागका सम्योजक केहर सिन्ह घर्ती मगर, खेल विभागबाट बसन्त भण्डारी लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो । नयाँ समितिको घोषणा त्रिभुवन भट्टराईले गर्नुभएको थियो ।
जसमा: अध्यक्ष– तेजा विक, उपाध्यक्ष– लोकराज भट्ट, सचिव– महेन्द्र भण्डारी, सहसचिव– रन बहादुर केसी, कोषाध्यक्ष– शंकर थापा रहेका छन् । त्यस्तै सदस्यमा: धनबहादुर केसी, राजेन्द्र जिसी, गंगाराम ताम्राकार, पुरन एमसी, प्रदिप मोहरा, विरबहादुर राना, वैकल्पिक सदस्य निरज परियार, खिमबहादुर केसी र लोकबहादुर केसी रहेका छन् । सम्मेलनले सल्लाहकारमा शेरबहादुर आरके, बसन्त, कमल, शिवलाल खनाल, विर्खबहादुर केसी, बलबहादुर केसी, पवन थापा, अनमोल पोखरेल र रामु पन्थीलाई चयन गरेको छ ।
सञ्चालन हुकुम सिंह जिसीले र अध्यक्षता तेजा विकले गरेका थिए । कार्यक्रममा उपस्थित जनसमुदायलाई महेन्द्र भण्डारी र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।
कार्यक्रमको अन्तमा रक्तिम कलाकारहरुबाट भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here