कार्ल मार्क्स द्धिशतबार्षिकीको अन्तर्राष्ट्रिय गोष्ठी हुने

0
760

जेष्ठ १४, काठमाडौं । कार्ल मार्क्स जन्मीएको दुई सय बर्ष पुरा भएको अवसरमा कार्ल मार्क्स द्धिशतबार्षिकीको आयोजनामा काठमाडौंमा अन्तर्राष्टिय गोष्ठी हुने भएको छ । सो गोष्ठीको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले जेष्ठ १६ गते बिहान ९ बजे दरबार मार्ग स्थित होटल याक एण्ड यतीमा उद्घादन गर्नुहुनेछ । उद्घानन समारोहलाई नेकपाका अध्यक्ष क.प्रचण्ड तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष क.चित्रबहादुर केसीले समेत सम्बोधन गर्नुहुनेछ ।

जेष्ठ १६ र १७ सम्म चल्ने सो गोष्ठीमा सोसलिस्ट अलायन्स (अष्टेलिया), कम्युनिष्ट पार्टी अफ बंगलादेश, रिभुलसनरी वर्कस पार्टी अफ बंगलादेश, सोसलिष्ट पार्टी अफ बंगलादेश, कम्युनिष्ट पार्टी अफ चाइना, एमएलपीडी (जर्मनी), कम्युनिष्ट पार्टी अफ इन्डिया, कम्युनिष्ट पार्टी अफ इन्डिया (माले) लिबरेशन, जापनीज कम्युनिष्ट पार्टी, वर्कस पार्टी अफ कोरिया, लाओ पिपुल्स रिभ्युलसनरी पार्टी, कम्युनिष्ट पार्टी अफ रसियन फेडरेशन, कम्युनिष्ट पार्टी अफ श्रीलंका, जेभीपी (श्रीलंका), कम्युनिष्ट पार्टी अफ भियतनाम तथा दक्षिण अप्रिकन कम्युनिष्ट पार्टीको समेत सहभागिता रहनेछ ।

नेपाल भित्रबाट लगभग दुई सय प्रतिनिधि समेत सहभागि भै विभिन्न देशका कम्युनिष्ट आन्दोलनको अनुभव तथा आगामि कार्यदिशाको बारेमा समेत छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here