कपिलवस्तु महिला संघको नेतृत्वमा श्रेष्ठ

0
401

माधब भाट क्षेत्री/कपिलवस्तु । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ कपिलवस्तुको अध्यक्षमा चन्द्र बदन श्रेष्ठ चयन हुनुभएको छ । सम्पन्न भेलाले ७ सदस्यीय अखिल नेपाल महिला संघ जिल्ला समिति कपिलवस्तु पुनरगठन गरेको छ । जसमाः उपाध्यक्ष– अम्बिका पौडेल, सचिव– लक्ष्मी खनाल, सहसचिव– सुलोचना पराजुली र कोषाध्यक्ष– ललिता कुंवर रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः निर्मला सापकोटा र रिता पाण्डे रहनु भएको छ । त्यसैगरी सल्लाहकारहरुमा मेनका शर्मा, बिनिता आचार्य, लक्ष्मी भुसाल र मनी सिंजापती रहनुभएको छ ।

भेला अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सकुन्तला रानाको प्रमुख आथित्यतामा कपिलवस्तुको बोडगाउमा सम्पन्न भयको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै रानाले महिलाहरु माथी हुने सबै खालका भेदभाव र उत्पीडन अन्त्य गर्नको लागि महिलाहरु नै अग्रसरताका साथ अगाडि बढनुको विकल्प नभएको बताउनु भयो ।

“गणतन्त्र आए पछि पनि विभिन्न बहानामा महिलाहरु हेपिनु परेकोले राज्यले महिलाहरुको रक्षा र आत्मसम्मानको ग्यारेन्टी गर्नुपर्ने अत्यावश्यक छ ।” रानाले भन्नु भयो– “अहिले राष्ट्रियता र स्वानधिनता इतिहासमै सबैभन्दा बढी गम्भीर र कम्जोर भएको छ । यो अवस्थामा महिला संघका नेता कार्यकर्ताहरु एवं महिला दिदिबहिनीहरु अरु थप सशक्त रुपमा संगठित भई अगाडि बढनु पर्ने आवश्यकता छ ।”

भेलालाई राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ५ सदस्य हिमलाल वाग्ले, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासे, ने.क.पा.(मसाल) जिल्ला प्रवक्ता छबिलाल गैरे, युवक संघ जिल्ला सदस्य बिमला भुसाल, रक्तिम अभियान जिल्ला सदस्य लक्ष्मी खनाल लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रम मेनका शर्माको अध्यक्षता र मिना पोख्रेलको सन्चालन तथा निर्मला सापकोटाको स्वागत मन्तब्यबाट अगाडि बढेको थियो । भेलामा जिल्लाका विभिन्न स्थानहरुबाट प्रतिनिधि पर्यवेक्षकहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here