निपाह (Nipah Virus) भाइरसको वारेमा

0
473

निपाह भाइरस पहिलो पटक सिंगपुर र मलेसीयमा 1998-1999 को दौरान देखा परेको थियो। सर्व प्रथम यो रोगका भाइरस मलेशियाको एक कैम्पंग सुंगइ निपाह भन्ने गाउमा देखा परेको थियो र एकजना मानिसको ज्यान लिएको थियो। उक्त गाँउको नामवाट यो भाइरसको नाम राखिएको हो।

यो रोगको चमेरो, सुगुर हुदै अन्य जनावर देखा पर्ने र मानव जातिमा फैलिने गर्दछ। यसको भाइरस एन्सेफलाइटिस का कारण तयार हुन्छ। यसको इन्फेक्शन फलफुलमा खाने चमेरोवाट फैलीन्छ।

खजूरको खेती गर्ने स्थानका मानिसमा यो रोगले धेरै प्रभाव पार्दछ। यो रोगले 2004 मा वंगलादेशमा निकै सताएको थियो। यो रोग लागेका रोगीको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मानसीक भ्रम, गलामा केही फसेको जस्तो महसुस हुनु, पेट दुख्ने, उल्टी र थकान, विचलन जस्ता लक्षण देखीन्छन र दुइ तिन दिन पछि विरामी कोमामा जान सक्छ । त्यस पछि सहि उपचार नपाएमा विरामी को मृत्यु हुन्छ। खास यो दिमागी ज्वरो हो।

निप भाइरसवाट बच्नको लागि सहि उपाय उचित देखवाल र ठिक समयमा उपचार गराउनुनै हो। संक्रमित जनावरको नजिक नरहने। सरसफाइमा विशेष ध्यान दिने। विरामी संग लसपस नहुने। सुगुरको मासु नखाने। धेरै भन्दा धेरै सावधानी अपनाउने। यो रोग अहिले भारतको केरल राज्यमा फैलिएको आसंका गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here