कानपुर, १९–२० मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर भारत क्षेत्रीय समिति अन्तर्गत कानपुर नगर समितिको १६औं सम्मेलन सम्पन्न भएकोछ । सम्मेलनको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको थियो ।
केसीले उद्घाटन मन्तव्यको क्रममा केसीले देशको राजनीतिक अवस्था र समसामयीक अवस्थाको बारेमा मन्तव्य दिनुभएको थियो । केसीले एकता समाजले भारत प्रवासमा श्रमजीवी नेपालीहरु बीच खेलेको भूमिकाको बारेमा समेत विचार राख्नु भएको थियो ।
छविलाल बञ्जाडेको सञ्चालन तथा खिमबहादुर केसीको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई विरबहादुर जिसीले स्वागत गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाका नारायण जिसी, मूल प्रवाहका केन्द्रीय सदस्य कमल गैरे, क्षेत्रीय समितिका सदस्य धनवीर सिंह विक लगायले आतिथ्यता तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।
सम्मेलनले खिम बहादुर केसीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– बीर बहादुर जिसी, सचिव– छविलाल बञ्जाडे, सहसचिव– अर्जुन जिसी र कोषाध्यक्ष– लोक बहादुर गुरुङ रहेका छन् । त्यस्तै सदस्यमा: किशन खड्का, शरद केसी, दिपक राना, शेर बहादुर विक, गोविन्द विक, वैकल्पिक सदस्यमा: हुम बहादुर पुन, पुरन थापा र गोपाल खड्का रहनुभएको छ । त्यस्तै सम्मेलनले राहुल बञ्जाडे, राजेश शर्मा, बाबु श्रेष्ठ, रमेश विक, उमेश गिरी र कमला वेलवासे रहेका छन् । नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय अध्यक्ष रामप्रसाद बस्यालले गर्नुभएको थियो ।
घोषणा सभाको अध्यक्षता विरबहादुर जिसीले र सञ्चालन धनवीर सिंह विकले गर्नुभएको थियो । घोषणा सभामा उपस्थित जनसमुदायलाई खिमबहादुर केसी र कलाकारहरुले गर्नुभएको थियो ।
नवनिर्वाचितहरुलाई केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, केन्द्रीय कोषाध्यक्ष रुक बहादुर केसी, सदस्य कमल प्रसाद गैरे, राष्ट्रिय जनमोर्चाका नारायण जिसी, अखिल नेपाल युवक संघका विष्णु शर्मा, केन्द्रीय परिषद् सदस्य खिमानन्द न्यौंपाने, महिला विभागकी कमला वेलवासे, क्षेत्रीय समितिका उपाध्यक्ष रामप्रसाद पाण्डे लगायतको आतिथ्यता तथा बधाई दिनुभएको थियो ।
रक्तिमका कलाकारहरुबाट भव्य साास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।