छैठौं आज जैमिनीको जैदीमा

0
864

जेठ ८, बाग्लुङ । अखिल छैठौं बागलुङको अन्धविश्वास विरुद्ध सचेतना अभियान २०७५ आज जेठ ८ गते जैमिनी नगरपालिकाको ७ जैदी स्थित सतिढुङगा मावि सम्पन्न भएको छ । उक्त विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको बिचमा सम्पन्न अभियानले कक्षा १० मा अध्यनरत कविता नेपालीको अध्यक्षतामा २५ सदस्यीय अखिल छैठौं सतिढुङगा मावि मुल एकाई समिति गठन गरिएको छ ।

जसको उपाध्यक्ष विक्रम परियार सचिव असिम बहादुर नेपाली सहसचिव पुष्पा शर्मा र कोषाध्यक्ष समीर थापा र अन्य सदस्यहरु रहनु भएको छ । त्यस्तै जैदिकै बेलबगरमा स्थित संकृत माविमा पनि अभियान सञ्चालन गरिएको छ । उक्त विद्यालयमा कक्षा ९ र कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको विचमा सञ्चालन गरिएको क्रार्यक्रमबाट टेकराज चालिसेको संयोजकत्वमा ३५ सदस्यीय अखिल छैठौं संकृत मावि संगठक समिति गठन गरिएको अखिल छैठौं बागलुङले जनाएको छ ।

समाजमा रहेको प्यात कुरिति र कुसंस्कारको बिचबाट अन्धविश्वास उत्पन्न भएको र त्यसलाई संस्थागत गर्ने काम धर्म तथा जातिका नाममा हाम्रो देशमा सहयोग पुर्याउने गरेकाले धर्म संकारसँग जोडिएका अन्धविश्वास आजैबाट छोडेर विभेद रहित आदर्श समाज निर्माणका लागि आम विद्यार्थीहरू सचेत र संगठित हुन जरुरी रहेको अभियानका सदस्य तथा अखिल छैठौं बागलुङका अध्यक्ष शिव चालिसेले बताउनुभयो ।

अभियानमा अखिल छैठौं ४ नम्बर प्रदेशका अध्यक्ष अर्जुन शर्मा जिल्ला समिति बागलुङका सहसचिव कृष्ण थापाको समेत रहनु भएको छ । संगठनको यहि जेठ १२ गते शनिबार जैमिनि १० राङखानी पाहिमा नगर भेला गरिने अखिल छैठौं बागलुङले जनाएको छ ।

जेठ ७, बाग्लुङ । अखिल छैठौं बागलुङको अन्धविश्वास विरुद्ध सचेतना अभियान २०७५ आज जेठ ७ गते जैमिनि नगरपालिकाको वाड नम्बर ६ अर्जेवामा स्थित जनशिक्षित मावि सम्पन्न भएको छ । उक्त विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका बिचमा सम्पन्न अभियानले कक्षा ९ मा अध्यनरत अमृता आचार्यको अध्यक्षतामा २५ सदस्यीय अखिल छैठौं जनशिक्षित मावि मुल एकाई समिति गठन गरिएको छ । जसको उपाध्यक्ष विशाल रेग्मी सचिव चन्द्रा थापा सहसचिव दिपेन्द्र चालिसे र कोषाध्यक्ष करिस्मा परियार र अन्य सदस्य हरु रहनु भएको छ ।

समाजमा रहेको कुरिति र कुसंस्कारको बिचबाट अन्धविश्वास उत्पन्न भएको र त्यसलाई संस्थागत गर्ने काम धर्म तथा जातिका नाममा हाम्रो देशमा सहयोग पु‍र्याउने गरेकाले धर्म संकारसँग जोडिएका अन्धविश्वास आजैबाट छोडेर विबेद रहित आदर्श समाज निर्माणका लागि आम विद्यार्थीहरू सचेत र संगठित हुन जरुरी रहेको अभियानका सदस्य तथा अखिल छैठौं बागलुङका अध्यक्ष शिव चालिसेले बताउनुभयो ।

अभियानमा अखिल छैठौं ४ नम्बर प्रदेशका अध्यक्ष अर्जुन सर्मा समेत रहनु भएको छ । संगठनको यहि जेठ १२ गते शनिबार जैमिनि १० राङखानि पाहिमा नगर भेला गरिने अखिल छैठौं बागलुङले जनाएको छ ।

https://emissionkhabar.com/2018/05/21/%E0%A4%B0%E0%A4%BE%E0%A4%A4%E0%A5%8B-%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%A8-%E0%A4%AC%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%B2%E0%A5%81%E0%A4%99-%E0%A4%B0-%E0%A4%85%E0%A4%96%E0%A4%BF%E0%A4%B2-%E0%A4%9B/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here