पश्चिम भारतमा मूल प्रवाहको नगर सम्मेलन अभियान सम्पन्न

0
643
(गुजरात) वापी, २० मई । 
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत वापी पूर्व, पश्चिम, दमन र सरीगामको संयुक्त सम्मेलन भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिव प्रेम पौडेलले गर्नुभएको थियो ।
पौडेलले उद्घाटन मन्तव्यमा भारत प्रवासमा एकता समाज मात्रै श्रमजीवी नेपालीहरुको पक्षमा संघर्षरत संगठन रहेको बताउनु भयो । पौडेलले देशको राजनीतिक अवस्था बारे पनि विचार राख्नु भएको थियो । एमाले–माओवादी बीच भएको पार्टी एकता प्रति बोल्दै पौडेलले झण्डा मात्रै कम्यूनिष्टको लिएर हिंडेता पनि वास्तव मै भन्नु पर्दा उनीहरु माक्र्सवाद, लेनिनवादको मूल मर्मबाट भागिसकेको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता कृष्ण कुंवरले र सञ्चालन श्रीधर शर्माले गर्नुभएको थियो । सम्मेलनमा उपस्थित जनसमुदायलाई बाबुराम दहित र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।
केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, बेद बहादुर काकी, रमकला काउछा, क्षेत्रीय समितिका सचिव धु्रव न्यौंपाने, सदस्य प्रविण काउछा, क्षेत्रीय प्रतिनिधि मोहन बस्नेत, मध्य पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुंवर, महिला क्षेत्रीय संयोजक रेणुका कुंवर, सिलवास नगर समितिका अध्यक्ष राज भुजेल, क्षेत्रीय समितिका सल्लाहकार पवन गुरुङ, रक्तिम केन्द्रीय विभागका वोम सिंजापति, रक्तिम क्षेत्रीय संयोजक हरि काउछा, रक्तिम अभियान केन्द्रीय कलाकार उषा थापा, राष्ट्रिय जनमोर्चा नवपरासी जिल्ला सदस्य तेजराज न्यौंपाने, तारापुर नगर समितिका ज्ञानप्रसाद भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
नवनिर्वाचित समितिहरुको घोषणा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीले गरेका थिए ।

वापी पूर्व :

अध्यक्ष– भुवन सिंह धामी, उपाध्यक्ष– नविन खवास, सचिव– गम बहादुर राना, सहसचिव– चन्द्र बहादुर विक र कोषाध्यक्ष– तुलसीराम भण्डारी रहेका छन् । त्यस्तै सदस्यमाः देवीराम सरतुङगी, रामचन्द्र देवकोटा, इन्द्र बहादुर बन्जरा, विष्णुमाया शर्मा, दुर्गा ढकाल, कमला ढकाल, लाल बहादुर गुरुङ, सिर्जना थापा, खुशीराम विक, विरेन्द्र रसाइली र एक स्थान रिक्त । वैकल्पिक सदस्यमाः नरेन्द्र गुरुङ र एक स्थान रिक्त रहेको छ । त्यस्तै सल्लाहकारमा चेतनाथ ढकाल, बामदेव कंडेल, दिब्या खवास र एक स्थान रिक्त रहेको छ ।

वापी पश्चिम :

अध्यक्ष– कृष्ण कुंवर, उपाध्यक्ष– मान बहादुर रावल, सचिव– देवराज जोशी, सहसचिव– निखिल रावल र कोषाध्यक्ष– खड्क बोगटी रहेका छन् । त्यस्तै सदस्यमाः टेक बहादुर खड्का, हरिसिंह काउछा, मोहन ठकुल्ला, आरती थापा, विनीता काउछा, सन्तोष चौधरी, जितु ठकुल्ला, दामोदर बटला, टंक कुंवर, विमला खत्री, वैकल्पिक सदस्यमाः दिनेश खड्का र तपेन्द्र चलाउने रहेका छन् । त्यस्तै सल्लाहकारमाः देवेन्द्र रावल, खिम राना, टंक रावल, गंगा आचार्य र विजय देउवा रहेका छन् ।

दमनः

अध्यक्ष– बाबुराम दहित, उपाध्यक्ष– शेर बहादुर विक, सचिव– केवी थापा, सहसचिव– कृष्ण राना र कोषाध्यक्ष– टेकराज जोशी रहेका छन् । त्यस्तै सदस्यमाः गणेश ओझा, सम्भु राई, सिता राई, कुशम थापा, सुनिल राना, दुर्गा राना, अमर चौधरी, मुसुर चौधरी, वैकल्पिक सदस्यमाः गोपाल बुढा र दुर्गादत्ता जोशी रहेका छन् । त्यस्तै सल्लाहकारमाः शेरसिंह आहुजी र नारायणी गिरी रहेका छन् ।

सरीगाम :

अध्यक्ष– शुक्रराज दर्जि, उपाध्यक्ष– अरुणा लेप्चा, सचिव– चन्द्र खड्का, सहसचिव– कोपिला रसाइली र कोषाध्यक्ष– नर्बु लेप्चा रहेका छन् । त्यस्तै सदस्यमाः सुनिल लामा, मदन लामा, महेश थापा, सिता थापा, वैकल्पिक सदस्यमाः अनिता दर्जि र अणु लेप्चा रहेका छन् । त्यस्तै सल्लाहकारमाः प्रिय रसाइली र सुवर्ण राई रहेका छन् ।
कार्यक्रमको अन्तमा रक्तिमका कलाकारहरुद्वारा भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यो क्षेत्रीय समिति अन्तर्गत १३ नगर समितिहरुको सम्मेलन र ५ नगर भेलाहरु सम्पन्न भइसकेका छन् । अब आनन्द र बढोदराको सम्मेलन हुन बांकि छ भने ५ स्थानमा भेला हुने केन्द्रीय सचिव प्रेम पौडेलले हामीलाई जानकारी दिनुभएको छ । पौडेलका अनुसार आनन्द र बढोदराको संयुक्त सम्मेलन आगामी १ जुलाईका दिन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here