श्रीगंगानगरमा सम्मेलन तयारी भेला गरियो

0
211
श्रीगंगानगर, १५ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति द्धारा संचालीत श्रीगंगानगर नगर समितिको  विस्तारित भेला सम्पन्न गरिएको छ ।
वसन्त भण्डारीद्धारा कार्यक्रम संचालन तथा गिरु प्रसाद न्यौपानेको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई हुमबहादुर विक र कलाकारहरुले स्वागत गरेका थिए ।
“राष्ट्रियताको रक्षा गरौ ! भारत स्थित नेपालीहरुको सुरक्षा गरौ !! आ–आफनो स्थानबाट मताधिकार र संसदमा प्रतिनिधीत्वको आवाज सहित नगर सम्मेलन सफल पारौ” भन्ने मूल नाराका साथ भारत व्यापी रुपमा सम्पन्न हुन गइरहेको नगर सम्मेलन अभियानको दौरानमा श्रीगंगानगर नगर समितिलो आगामी ३०  जुन र १ जुलाईका दिन आफ्नो ११ औं सम्मेलन तैयारीका लागि सो भेला सम्पन्न पारिएको हो ।
भेलाको उदघाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो ।  सो भेलामा रिकोबाट गिरीराज भट्टराई, सिटीबाट विष्णु विक, पुरानी आवादीबाट हुकुम जीसी, सेतिया फार्मबाट रेशम भन्डारी, पवाहरनबाट नारायण न्यौंपाने लगायतले आ–आफ्ना एरिया समितिको रिपोर्ट प्रस्तुत गरेका थिए ।
भेलाले नगर अध्यक्ष गिरु प्रसाद न्यौंपानेको संयोजकत्वमा १०५ सदस्यीय सम्मेलन तैयारी समिति गठन गरेको छ ।
सो भेलालाई केन्द्रीय सदस्य कृष्ण जीसी, त्रिभुवन भट्टराई, महिला क्षेत्रीय विभागबाट सुनिता भट्टराई, वसन्ता नेपाली, हुम बहादुर,  महिला नगर विभागबाट बाग्मती केसी, रक्तिमबाट वोमबहादुर विष्ट, हरि न्यौपाने र हुकुमबहादुर जिसी लगायतले शुभकामना दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here