अंकलेश्वर–भरुचको संयुक्त प्रथम सम्मेलन सम्पन्न

0
260
गुजरात, १५ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तगत अंकलेश्वर र भरुचको संयुक्त प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले गर्नुभएको छ । थापाले आफूहरुले गुजरातका नेपाली श्रमिकहरुको पक्षमा लगातार संघर्षरत रहेको बताउनु भएको थियो ।
थापाले  भन्नु भयो– “गुजरातमा हामीले नेपालीहरुलाई चाहे आधारकार्डको समस्या होस् वा विभिन्न कम्पनीहरुमा आपत वित पर्दा होस् हरेक पलपलमा उनीहरुको पक्षमा संघर्षरत रहेका छौं ।”
सम्मेलनले लाला नेपालीको अध्यक्षतामा अंकलेश्वर नगर सम्मेलन निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– कृष्ण विक, सचिव– सुरज कडायत, सहसचिव– एकेन्द्र कडायत र कोषाध्यक्ष– राम बहादुर रावत रहेका छन् । त्यस्तै सदस्यमाः नवल सिंह कडायत, प्रेम कडायत, टेक बहादुर चन्द, विर बहादुर नेपाली, डबल शाही, विष्णु विक (ख), रोहीत विक, चक्र बोहरा, बैकल्पिक सदस्यमाः प्रेम विक र जनक बुढा रहेका छन् । त्यस्तै सम्मेलनले शेर बहादुर विक, भिम बहादुर विक र दिव्या शाहीलाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ  ।
त्यस्तै राम बहादुर विष्टको अध्यक्षतामा भरुच नगर समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– प्रेम बहादुर देउवा, सचिव– शेर बहादुर देउवा, सहसचिव– आकाश रावल र कोषाध्यक्ष– प्रेम विष्ट रहेका छन् । त्यस्तै सदस्यहरुमाः जनक बोगटी, चन्द्र बोगटी, दिनेश विष्ट, कमल विष्ट, प्रकाश विष्ट, मोन बहादुर विष्ट, वैकल्पिक सदस्यमाः तिलक विष्ट र धनराज देउवा रहेका छन् । सम्मेलनले उजिर सिंह कुँवर र डबल सिंह विष्टलाई सल्लाहकार निर्वाचित गरेका छन् । नयाँ समितिहरुको घोषणा केन्द्रीय सदस्य तथा क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्कीले गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता लाला नेपालीले सञ्चालन सुरज कडायतले गरेका थिए । सम्मेलनमा सहभागिहरुलाई राम बहादुर विष्टले स्वागत गरेका थिए ।
अंकलेश्वर र भरुच संयुक्त प्रथम सम्मेलनको उद्घाटन प्रमुख अतिथि गोविन्द बहादुर थापाले गरेका थिए ।
नवनिर्वाचित समितिहरुलाई विशिष्ट अतिथि केन्द्रीय समितिका सचिव प्रेम पौडेल, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय सल्लाहकार तथा महिला क्षेत्रीय विभागकी अध्यक्ष रमकला काउछा, सुरत नगर समितिका सचिव नविन कार्की लगायतले शुभकामना तथा बधाई दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here