चंडिगढ, १३ मई । मूल प्रवाह चंडिगढको १४ औं सम्मेलनको घोषणा सभाको सन्दर्भमा अखिल भारत नेपाली विद्यार्थी संघ चंडिगढको भेला सम्पन्न भएको छ ।
सागर शर्माको अध्यक्षता कल्पनाको सञ्चालनमा सम्पन्न सो भेलामा विभीन्न अतिथीहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौन धारण पश्चात खेम जिसीले स्वागत गरेका थिए ।
संघका क्षेत्रीय अध्यक्ष एडवोकेट माधव पोख्रेलद्धारा भेलाको उद्घाटन गरिएको थियो । सो भेलामा आगामी कार्यक्रम तथा विद्यार्थी भेलाबारे स्पष्ट पारिएको थियो ।
मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, नगर अध्यक्ष प्रेम आचार्य, नगर सदस्य जितेन्द्र गुरुङ, समता विभागका दुर्गा विक लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
भेलाले सागर शर्माको अध्यक्षतामा २१ सदस्यीय समिति विद्यार्थी नगर समिति चयन गरेको छ । जस्माः उपाध्यक्ष– अनिल गिरी, सचिव– नारायण आचार्य, सह सचिव– वनिता अर्याल र कोषाध्यक्ष– सुरज चालिसे रहेका छन् । त्यस्तै सदस्यहरुमाः कल्पना नेपाली, उषा रावल, खेम जिसी, ललीत खडका, दिपक चालिसे, पुजा गुरुङ, तारा अर्याल, सृजना ज्ञावली, सपना खनाल, भुवन रावल, रामप्रहाद पंथी, अभिनास अधिकारी, शुभाष जिसी, केसरी डांगी, सम्झना विक र सुभम जिसी रहेका छन् ।
नयाँ समितिको घोषणा माधव पोखरेलले गरेका थिए । आगामी कार्यक्रम सहित विद्यार्थी संगठन बारे विद्यार्थी नगर विभागका इन्चार्च खिमराज चालिसेले स्पष्ट पार्नु भयको थियो ।