करनाल, १३ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत करनालको १६ औं सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको थियो । केसीले उद्घाटन मन्तव्यमा प्रवासी नेपालीहरु देशलाई आवश्यक परेको वेला हरेक क्षेत्रमा उभिन तयार रहेको बताउनु भयो । चाहे देशको अर्थतन्त्र धान्ने सवालमा होस्, चाहे राजनीतिक संकटको वेलामा राजनीतिक निकासका लागि संघर्षको आन्दोलनमा होस या भनौं चाहे देशमा हुने विभिन्न प्रकारका जनसरोकारको सवालमा होस् प्रवासी नेपालीहरु सदा अग्र स्थानमा उभिंदै आएका छन् भन्नु यो ।
प्रवासी नेपालीहरुको योगदानको कदर गर्न नसक्नु सत्तामा पुगिसके पछि विर्सिने बानी नेपाली राजनीतिक पार्टीहरु र तिनका राजनेताहरुको व्यवाहरले प्रवासी नेपालीहरुलाई अत्यन्तै आहात पुर्याएको केसीले बताउनु भयो ।
उद्घाटन शत्रको अध्यक्षता राम बहादुर नेपालीले र संचालन मान सिंह जिसीले गर्नुभएको थियो । थम्मन केसीले स्वागत मन्तव्य दिनुभएको थियो ।
केन्द्रिय समितिका सचिव ठाकुर खनाल, केन्द्रिय सदस्य तथा क्षेत्रीय अध्यक्ष लाल चन्द पंत, केन्द्रिय सल्लाहकार तथा क्षेत्रीय सचिव बि शंकर पराजुली, क्षेत्रीय उपाध्यक्ष विक्रम सिंह राणा, महिला क्षेत्रीय विभागबाट फुलमाया जिसी लगायतले आतिथ्यता तथा शुभकामना मन्तवइ दिनु भयएको थियो ।
सम्मेलनले राम बहादुर नेपालीको अध्यक्षतामा १७ सदस्यीय करनाल नगर समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– हरि वर्मा, सचिव– मान सिंह जिसी, सहसचिव– विष्णु भण्डारी र कोषाध्यक्ष हरि खड्का रहेका छन् । त्यस्तै सदस्यमाः विक्रम सिंह राणा, फुलमाया जिसी, थम्मन केसी, टीका राम बिक बैकल्पिक सदस्यमाः राम कुमार थापा, लालबहादुर बस्नेत र विष्णु पंथी रहेका छन् । त्यस्तै सम्मेलनले ज्ञानु शाह, कृष्ण थापा, ज्ञान प्रसाद पाण्डे, राजेन्द्र विक्रम राणा र भोजराज बिकलाई सल्लाहकार चयन गरेको छ ।
घोषणा सभाको सञ्चालन विक्रम सिंह राणाले र अध्यक्षता मान सिंह जिसीले गर्नुभएको थियो । सम्मेलनमा उपस्थित जनसमुदायलाई हरि खड्काले स्वागत गर्नुभएको थियो ।
नवनिर्वाचितहरुलाई प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दुर्गा बहादुर केसी, केन्द्रिय सचिव ठाकुर खनाल, क्षेत्रीय अध्यक्ष लाल चन्द पंत, क्षेत्रीय सचिव बि शंकर, रक्तिम सांस्कृतिक कलाकार सोनिया बेल्बासे लगायत र विभिन्न नगर समितिहरुबाट आएका प्रतिनिधिहरुले बधाई दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।