भारतको छेउँमा मूल प्रवाहको १३ औं सम्मेलन सम्पन्न

0
910

त्रिभेन्द्रम, १३ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज त्रिभेन्द्रम नगर समितिको १३औं सम्मेलन भब्य र सान्दार रुपमा सम्पन्न भएको छ ।

भेष बहादुर नेपालीको सञ्चालन तथा बाबुराम रेग्मीको अध्यक्षता र घनश्याम पौडेलको स्वागत भाषणबाट अगाडि बढेको सो १३ औं सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य भिम बहादुर थापाले गर्नुुभएको थियो ।

थापाले उद्घाटन मन्तव्यको क्रममाः भारतमा नेपालीहरुका हक अधिकार प्राप्तिका लागि नेपालीहरुको सुरक्षाको आन्दोलनमा केबल मूल प्रवाहले मात्र रहेको बताउनु भएको थियो । थापाले– “प्रवाहको अब सामाजिक काम मात्र नभए राष्ट्रियता रक्षार्थ आन्दोलनमा पनि अग्रसर रहने छ ।” भन्नु भयो । वहाँले राष्ट्रियतामा आच आउने प्रकारको काम सत्तासिन शक्तिहरुले गरेमा आफूहरु कदापी मौन नबस्ने समेत चेतावनी दिनु भयो । विदशी शक्तिहरुको इसरामा काम गर्ने शासकहरुका विरुद्ध आफूहरु सदा प्रतिकार गर्दै अगाडि बढिरहेको समेत जिकिर गर्नु भयो ।

घोषणा सभा:

दोश्रो दिन सम्पन्न घोषणा सभा कार्यक्रममा कमल खड्काको उद्घोषण घनश्याम पौडेलको अध्यक्षताबाट अगाडि बढेको थियो । शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चात रक्तिम सास्कृतिक परिवारको स्वागत गीत चम्पा रेग्मिको स्वागत गर्नुभएको थियो ।

सम्मेलनले बाबुराम रेग्मीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– भेष बहादुर नेपाली, सचिव– कमल खड्का, सहसचिव– युबराज पौडेल र कोषाध्यक्ष– घनश्याम पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमाः चम्पा रेग्मी, ईस्वर विक, हरिलाल सापकोटा, कमल पोखरेल, टिकाराम बैजाली, बिष्णु प्रसाद चालिसे, बैकल्पिक सदस्यमाः बिष्णु प्रसाद पौडेल, राजु नेपाली र विमला नेपाली रहेका छन् । त्यस्तै सम्मेलनले नबराज बटला, चुरामणी पौडेल र कमला नेपालीलाई सल्लाहकार चयन गरको छ । नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य भिम बहादुर थापाले गर्नुभएको थियो ।

भिम बहादुर थापा, कोट्टयाम नगर समितिका भद्र बहादुर श्रीस, टिकाराम सुवेदी लगायतले नयाँ समितिलाई बधाई दिनुभएको थियो ।

त्यस्तै सदाको लागि स्वदेस तर्फ बिदाई हुनुभएका प्रेम आचार्य र रत्नकला आचार्यलाई बाबुराम रेग्मी र घनश्याम पौडेलले सल ओढाएर सम्मान प्रदान गर्नुभएको थियो ।

सम्मेलनको अन्तमाः रक्तिम सास्कृतिक परिवारले जोडदार रुपमा रक्तिम गित र नृत्य प्रस्तुत गरेको थियो साथै नौमती बाजाले सबै जनतामा थप उत्साह जोस थप्दै सम्मेलन भब्यर सानदार रुपमा सम्पन्न गरिएको थियो ।
कमलराज खड्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here