निलगीरी, १३ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत निलगीरी नगर समितिको ऐतिहासिक आठौं नगर सम्मेलन दिनांक १२ र १३ मई २०१८ ऊटीको वाइएमसीए हलमा सम्मपन्न भएको छ । पहिलो दिन उद्घाटन समारोह र दोश्रो दिन घोषणा सभा सम्पन्न भएको थियो ।
दुबै सत्रको अध्यक्षता टेक बहादुर बिकले र सञ्चालन मिना हमालले गर्नुभएको थियो । अथितिको आशन ग्रहण पश्चात सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरे पछि जनसमुदायलाई गित तथा संगितबाट रक्तिम र शब्दबाट कुमारी थापाले स्वागत गर्नुभएको थियो ।
सम्मेलनको उद्घाटन केन्द्रीय समितिका.सदस्य महेन्द्र बस्यालले तालिको करतालमा पानस जलाएर गर्नु भयो । क्षेत्रीय प्रतिनिधि जगत हमाल, सदस्य बिरेन्द्र थापा, कोबै नगरका सहसचिव चन्द्र प्रसाद शर्मा, बिद्यार्थी क्षेत्रबाट कविता हमाल लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
घोषणा सभा
अथितिहरूको आसन ग्रहण पछि उपस्थित जनमानसलाइ संगीत बाट रक्तिम र शब्दबाट तिलक नेपालीले स्वागत गर्नु भयो । प्रमुख अतिथि महेन्द्र बस्यालले निलगीरी नगर समितिका नबनिरर्वाचित नगर समितिका पदाधिकारीहरूको घोषणा गर्नु भएको थियो । जसमाः अध्यक्ष– टेक बहादुर बिक, उपाध्यक्ष– तिलक बहादुर नेपाली, सचिव– मिना हमाल, सहसचिव– धन बहादुर सुन्दास र कोषाध्यक्ष– मधु खनाल रहेका छन् । त्यस्तै सदस्यहरूमाः रूपा थापा, लक्ष्मी विक, बल बहादुर विक, गुप्त बहादुर परियार, लाल बहादुर थापा बैकल्पिक सदस्यहरू सिता नेपाली, कुमारी थापा र इन्द्र बहादुर परियार रहेका छन् । सम्मेलनले लाल बहादुर गुरूङग, सुरज चोखाल र सागर खनाललाई सल्लाहकार चयन गरेको छ ।
नव निर्वाचित नगर समितिलाई महेन्द्र बस्याल, केन्द्रीय सदस्य हरि बहादुर राना, क्षेत्रीय प्रतिनिधि रबि शंकर शर्मा, जगत हमाल, सदस्य बिरेन्द्र थापा, खिमानन्द शर्मा, कोवै नसबाट चन्द्र प्रसाद पौडेल, इरोड नसका उपाध्यक्ष भीमलाल शर्मा र बिद्यार्थी क्षेत्रीय उपाध्यक्ष कुमारी थापा लगायतले बधाई दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा रक्तिमले बेजोड गित र नृत्य प्रस्तुत गरेको थियो।