चंडिगढ, १२ अप्रेल । “राष्ट्रियताको रक्षा गरौ ! भारत स्थित नेपालीहरुको सुरक्षा गरौ !! आ–आफनो स्थानबाट मताधिकार र संसदमा प्रतिनिधित्वको आवाज सहित नगर सम्मेलन सफल पारौ” भन्ने मुल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत चंडिगढ नगर समितिको १४औं नगर सम्मेलन उद्घाटन समारोह सम्पन्न भएको छ ।
नगर अध्यक्ष प्रेम आचार्यको अध्यक्षता र सचिव खिमराज चालिसेको सञ्चालनबाट अगाडि बढेको सो उद्घाटन समारोहमा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात मान बहादुर केसी र कलाकारले स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथी भुपु सांसद तथा केन्द्रिय सल्लाहकार हरि आचार्यले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । आचार्यले मूल प्रवाहको ऐतिहासिक पृष्ठ भुमीले देशको राष्ट्रियता तथा जनतन्त्रको आन्दोलनलाई थप उर्जा दिने बताउनु भयो । सहि र सक्षम कार्यक्रताहरु निर्माणको अभियानमा यो सम्मेलन कोशे ढुंगा सावित हुने आचार्यले विश्वास व्यक्त गर्नुभयो ।
आचार्यले अगाडि भन्नु भयो– “१९५० को नेपाल भारत मैत्री तथा शान्ति सन्धिद्वारा प्रदत्त अधिकार नेपालीहरुले पाउनु पर्नेमा उनीहरुलाई भगाउने षडयन्त्र भईरहेको छ ।” पूर्वोत्तर भारतको समस्याको बारेमा बोल्दै आचार्यले भन्नु भयो– नेपालीहरुलाई एनआरसीको नाम पूर्वोत्तरबाट धपाईंदैछ भने अन्य राज्यहरुमा आधार कार्डको अभावमा बच्चाहरुलाई स्कुलमा एडमिशन, मोबाइल कनेक्शन, बैंक खाता, केवाइसी लगायत महत्वपूर्ण र अत्यावश्यक सामग्रीहरुबाट बन्चित बनाई भगाउने षडयन्त्र भइरहेको छ । वहाँले भन्नु भयो– “१९५० को सन्धिको तहत आएका नेपाली नागरिकहरुलाई नेपाली नागरिकता प्रमाण पत्र कै आधारमा नेपालीहरुलाई उल्लेखित सम्पूर्ण सामग्रीहरु उपलब्ध गराएइयोस् ।”
त्यस्तै सम्मेलनका विशिष्ट अतिथि राजमो केन्द्रिय सदस्य मनोज भट्टले देशका राजनीतिक अवस्था र सम्मेलनको महत्वको बारेमा प्रष्ट्याउनु भयो । जसरी सभा, सम्मेलन, बैठक कुनै पनि समितिको निरन्तरता र जिवीत तथा परिचालित रहेको सन्देश प्रवाह गर्ने माध्यम हुनुको साथै नयाँ नेतृत्वको विकाश गर्ने श्रोत भएको बताउनु भयो ।
मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष– कपिल खनाल, केन्द्रीय सदस्य दिनेश खडका, सल्लाहकार तिलक पौडेल, जनजाति विभागका राम बहादुर पुन, क्षेत्रीय समितिका सचिव त्रिभुवन भट्टराई, महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, विद्यार्थी क्षेत्रीय समितिका अध्यक्ष माधव पोख्रेल, समता विभागका विनु नेपाली लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । सम्मेलनको घोषणा सभा भोली हुने बताइएको छ ।