फेसबुकको स्वामित्व रहेको मैसेजिंग ऐप व्हाट्सऐप ३१ दिसम्बर देखि बन्द हुनेछ । कम्पनीले आधिकारिक पुष्टि गरि सकेको छ ।
‘एक्सप्रेस डट सीओ डट युके’ मा गत २५ डिसेम्बरको प्रकाशित रिपोर्टको अनुसार मैसेजिंग ऐप ३१ दिसम्बर २०१७ बाट ‘व्लैकबेरी ओएस’, ‘व्लेकबैरी १०’, ‘विंडोज ८.०’ र अन्य कैयौं पुराना खालका मोबाईल फोनहरुमा सेवा उपलब्ध गराउन नसक्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले बताएको छ: “यो प्लेटफार्म भविष्यमा हाम्रो ऐपको विषेशताहरुको वृद्धिका लागि यो कदम अगाडि बढाएको हो, जसको हामीलाई आवश्यकता छ । त्यसैले पुराना युजरर्सहरुले नयाँ ओएस संस्करणमा अपग्रेड गर्नका लागि सिफारिस गर्दछौं ।” ४.० वा त्यो भन्दा माथिका आईओएस र ८.० या त्यो भन्दा माथिका विंडोज संस्करण अपग्रेड गर्नेहरुले व्हाट्सऐपको सेवा पाईरहने छन् ।
२०१८ को दिसम्बर पछि व्हाट्सऐप ‘नोकिया एस४०’ प्लेटफार्ममा पनि काम नगर्ने कम्पनीले बताएको छ । १ फरवरी २०२० पछि एंड्रायड वर्जन २.३.७ या यो भन्दा पुराना वर्जनमा पनि काम नगर्ने कम्पनीले जानकारी दिएको छ ।